

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित अपी इन्टरनेशनल पलिक स्कुलका संस्थापक खगेश्वरी भट्ट बोकटीले नव रात्रको ब्रत बसेर विद्यार्थीहरुलाई भोजन खुवाएकी छन् ।
नवरात्रमा नवौ दिन ब्रत बसेर उनले विद्यालयमा सबै विद्यार्थीलाई प्रसाद स्वरुप भोजन खुवाएर ब्रत समापन गरेकी छन् ।
विद्यार्थीहरुसंगै विद्यालयका शिक्षक कर्मचारी पनि भोजन ग्रहण कार्यक्रममा सहभागी भए ।



‘नवरात्रीको पावन अवसरमा मातृशक्तिप्रति श्रद्धा, भक्ति र पूर्ण समर्पणका साथ ९ दिनको व्रत सफलता पूर्वक सम्पन्न गरियो । ईश्वरको असीम कृपा र आर्शिवादले यो साधना पूरा गर्न पाएकोमा हृदयदेखि नै कृतज्ञ छु । यस पवित्र यात्राको अन्त्यमा मेरा साना प्रिय विद्यार्थीहरूलाई माया, स्नेह र श्रद्धाका साथ भोजन गराई मन अत्यन्त आनन्दित, शान्त र सन्तुष्ट भएको छ । हामी सम्पुर्णमा देवी दुर्गाको कृपा सधैं बनी रहोस् ’ संस्थापक बोकटीले भनिन् ।


