ghar sansar

सिडिओेलाई विरोध पत्र बुझाउन अघि प्रशासन गेटमा प्रहरी प्रदर्शनकारी धकेलाधकेल

little buddha academy
khasi

महेन्द्रनगर । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि आन्दोलिन काँग्रेस एमाले कार्यकर्ताले प्रहरीबीच आइतबार प्रशासन कार्यालयमा धकेलाधकेल भएको छ ।

ओली र लेखकको रिहाईको माग गर्दै नारा जुलुश सहित प्रशासन कार्यालय विरोत्र पत्र बुझाउन जाने क्रममा प्रशासन कार्यालयको प्रवेशद्वारमा प्रहरी रोकेपछि केही समय दुबै पक्षबीच हात हालाहाल भएको हो ।

,orning glory badhai

प्रदर्शनकारीले आफूहरु कानुनमा विश्वास गर्ने भन्दै प्रहरीलाई प्रशासन कार्यालयभित्र जान दिन दबाव दिएका थिए । प्रवेशद्वारमा तैनाथ प्रहरीले उनीहरुलाई तत्काल भित्र जान नदिएर रोकेको थियो ।

प्रहरीले गेटमा रोकेपछि प्रदर्शनकारीले केही समय सरकार विरुद्ध नाराबाजी गरे ।

विरोध पत्र बुझाउन काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी, एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा लगायत नेताहरु प्रशासन पुगेका हुन् ।

dirghayi clinic

महेन्द्रनगर बजार क्षेत्रमा नाराबाजी गर्दै दुबै दलका नेता कार्यकर्ता प्रशासन कार्यालय पुगेका थिए ।

प्रशासन कार्यालयमा ठूलो संख्या सुरक्षा तैनाथ गरिएको थियो । कञ्चनपुर प्रहरी प्रमुख एसपी खडक बहादुर खत्री आफैं प्रशासन कार्यालयमा पुगेका थिए ।

प्रवेशद्वारमा केही समय धकेलाधकेलपछि दुबै दलका नेता कार्यकर्ता भित्र गएर प्रमुख जिल्ला अधिकारी मदन कोइरालाई विरोध पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई विरोत्र पत्र बुझाउन अघि वाचन गरिएको थियो । काँग्रेस एमाले दुबैले आ–आफ्नो पार्टीको तर्फबाट विरोध पत्र बुझाएका हुन् ।

शनिबार विहान ओली र लेखक पक्राउ परेपछि दुबै दल संयुक्त रुपमा विरोधमा उत्रिएका हुन् । शनिबार एमाले काँग्रेसले महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गरेको थियो ।

कञ्चनपुर पूर्वै गृहमन्त्री लेखकको गृह नगर हो । लेखकको गिरफ्तारी विरुद्ध कञ्चनपुर काँग्रेस एमालेसंगै आन्दोलनमा होमिएको छ ।

एमाले कञ्चनपुरका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख जनकराज अवस्थीले केन्द्रीय विरोध कार्यक्रम अनुसार प्रशासन कार्यालयमा विरोध पत्र बुझाइएको बताए ।

Himal dental
सम्बन्धित
Loading...