ghar sansar

पत्रकार महासंंघ स्थापना दिवसमा शुभकामना आदानप्रदान

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको आयोजनामा “मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार : श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार” भन्ने नाराका साथ महासंघको ७१औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा “सञ्चार माध्यमको अवस्था, चुनौती र सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

महासंघका शाखा अध्यक्ष सुरेश सिंह धामीको सभापतित्व तथा अग्रज पत्रकार, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका पूर्व अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य हरि प्रसाद जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा महासंघका पूर्व अध्यक्षरू, पदाधिकारी तथा सदस्यर, महासंघका साधारण सदस्यहरु , महासंघ कार्यसमिती पदाधिकारी तथा सदस्य , पत्रकारका विभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनिधि, पत्रकार र मिडिया सञ्चालक सहभागी भएका छन् ।

अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वर्तमान अवस्थामा सञ्चार माध्यमहरू आर्थिक, व्यावसायिक तथा संरचनागत चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै यसको सुधारका लागि राज्य, सञ्चारगृह र पत्रकार स्वयं सबै पक्षको साझा पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको श्रम अधिकारको सुनिश्चितता र जिम्मेवार पत्रकारिताको अभ्यास आजको प्रमुख आवश्यकता भएको धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी सबैलाई महासंघ शाखाले आभार व्यक्त गर्दै स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालालाई शुभकामना व्यक्त गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...