

महेन्द्रनगर । दार्चुलामा सडक दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काँडापारीमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार ६ जना सवार सिँचाई कार्यालय दार्चुलामा कार्यरत कर्मचारी चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनाका कारण दुई जनाको घटनास्थलमै मृत्यु भएको तथा अन्य घाईते भएका छन्। बिहान करिब ९ बजे आसपासमा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालयको टोली घटनास्थतर्फ गइरहेको बताइएको छ। घटनाबारे विस्तृत विवरण आएको छैन ।
निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष जोशीले दिए श्रद्धाञ्जली
नेपाली निजामती कर्मचारी संगठन सुदूरपश्चिम अध्यक्ष महादेब जोशीले जीप दुर्घटनामा ज्यान गुमाएका दुबै जनालाई श्रद्धाञ्जली दिएका छन् ।
‘योजना अनुगमन तथा नापजाँच गरी फर्किने क्रममा सडक दुर्घटनामा परि ज्यान गुमाउनु भएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर अधिकृत छैठौं मनिषा चन्द पाल र सोही कार्यालयमा कार्यरत नायब सुब्बा आदरणीय भरत तितराज्यूको दुःखद निधनको खबरले अत्यन्तै मर्माहत र दुखित बनाएको छ ! पीडाको यस घडीमा मृत आत्माको चिशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’ जोशीले भनेका छन् ।

