ghar sansar

बेलडाँडीमा कक्षा ८ का आधा भन्दा बढी विद्यार्थी फेल, अध्यक्षले पढाएको विद्यालयको नतिजा सबैभन्दा न्यून

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा यस वर्ष पालिका स्तरीय आधारभूत तह कक्षा ८ को परीक्षामा आधा भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । गाउँपालिकाले सार्वजनिक कक्षा ८ का नतिजा अनुसार ५२ दशमलव ७४ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

गाउँपालिकाका १२ विद्यालयका ४ सय ९३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरुमध्ये २ सय ३३ विद्यार्थी उत्र्तीण भएका छन् । यो ४७ दशमलव २६ प्रतिशत हो । एक विषयमा ८७ र दुई विषयमा ६७ विद्यार्थीको एनजी छ । २ सय विद्यार्थी अवर्गीकृत संख्याका छन् ।

,orning glory badhai

परीक्षामा सात सामुदायिक र ५ संस्थागत विद्यार्थी सहभागी भएका हुन् । सामुदायिक विद्यालयमा गणेश माध्यमिक विद्यालय भुर्साबाट सबैभन्दा कम ४ जना उत्तीर्ण भएका छन् । यो १३ दशमलव ३३ प्रतिशत हो । गणेश माविबाट ३० जना विद्यार्थीले परीक्षा दिएकोमा ६ जनाको दुई विषयमा एनजी र २६ जना अवर्गीकृत छन् ।

गणेश मावि गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले अध्यापन गरेको विद्यालय हो । २०७९ मा स्थानीय तह निर्वाचन लड्न अघिसम्म रानाले राहत शिक्षक भएर गणेश माविमा अध्यापन गरेका थिए । यो विद्यालय अध्यक्ष रानाको आफ्नै वडाको हो ।

शिक्षक दरबन्दी मिलानका क्रममा यो विद्यालयमा विवादमा तानिएको थियो ।

गाउँपालिकाले रौलेश्वर माविबाट स्थायी दरबन्दीका शिक्षकलाई गणेश मावि भुर्सामा सरुवा गरिएपछि विवाद सर्वोच्च अदालत पुगेको हो ।

सामुदायिक विद्यालयमा सरस्वती जनता मावि बैवाहाका सबैभन्दा बढी ४८ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

सरस्वती माविका १ सय १२ विद्यार्थीले परीक्षा दिएकोमा ५४ जना उत्तीर्ण भएका छन् । विद्यालयका २३ जना एक विषय र १५ जनाको दुई विषयमा एनजी छ ।

सरस्वतीपछि बैजनाथ मावि झिलमिलाका ४६ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बैजनाथका ३० विद्यार्थीमध्ये १४ उत्तीर्ण भएका छन् । ८ जनाको एक विषय र ५ जनाको दुई विषयमा एनजी छ ।

dirghayi clinic

शिक्षक दरबन्दी मिलानले विवादमा तानिएको रौलेश्वर माविका ४३ दशमलव ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रौलेश्वरका ६९ विद्यार्थीमध्ये ३० जना उत्तीर्ण भएका छन् । विद्यालयका १२ जनाको एक र १० जनाको दुई विषयमा एनजी छ ।
विद्यालयका स्थायी दरबन्दीका शिक्षक कृपाराम उपाध्ययलाई गणेश मावि भुर्सा र भुर्साका राहत दरबन्दी शिक्षकलाई रौलेश्वर सरुवा गरिएपछि विवाद भएको थियो ।

उपाध्यय कानुनी उपचार खोज्दै सर्वोच्च अदालत पुगेका छन् । बेलडाँडीमा गत असोजमा दरबन्दी मिलान गरिएको थियो ।

सिंहपाल आधारभूत विद्यालय चन्दनवस्तीका ३७ दशमलव ५०, सरस्वती मावि झरनासागरका ३७ दशमलव २१ र सिद्धनाथ मावि चौफेरी ४२ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण छन् ।

संस्थागत विद्यालयमा सगरमाथा शिक्षा एकेडेमी झरनासागर र बेल्डाँडी ग्लोबल एकेडेमीका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । सगरमाथाका १० र बेल्डाँडी ग्लोबलका ८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

कञ्चन ग्यालेक्सी पब्लिक स्कुलका ६ विद्यार्थीमध्ये ४ जना उत्तीर्ण छन् । यो ६६ दशमलव ६७ प्रतिशत हो ।

बेलडाँडी नवज्योति स्कुलका १६ विद्यार्थीमध्ये १४ उत्तीर्ण भएका छन् । यो ८७ दशमलव ५० प्रतिशत हो । यसैगरी मोडल चाइल्ड केयर बोर्डिङ्ग स्कुलका ८० दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका ३१ विद्यार्थी सहभागी भएकोमा २५ जना उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालयमा मोडल चाइल्ड केयर बोर्डिङ्ग स्कुलका सबैभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका हुन् ।

गाउँपालिकाले गत असोजमा दशैंको विदा हुन अघि दरबन्दीको मिलानको निर्णय गरेको थियो । गाउँपालिका उपाध्यक्ष शान्ति नाथ पालिका बाहिर भएको मौका पारी दरबन्दी मिलान गरिएको थियो ।

उपाध्यक्ष नाथले शिक्षक दरबन्दी मिलान निर्णयमा विरोध गरेकी थिइन् । उनले प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकलाई निर्णय उपलब्ध गराउन निवेदन दिएकी थिइन् ।

अध्यक्ष रानाको आदेशमा प्रमुख प्रशासकीय अधिकृत विकले अहिलेसम्म दरबन्दी मिलान निर्णय उपाध्यक्षलाई दिएका छ्रैनन् ।

रौलेश्वर माविका प्रधानाध्यापक उपाध्यायलाई गणेश मावि भुर्षा, गणेश माविका प्रधानाध्यापक जनक थापालाई सरस्वतिी मावि झर्नासागर र सरस्वतिकाका प्रधानाध्यापक विष्णुसिंह भण्डारीलाई रौलेश्वर माविमा सरुवा गरिएको थियो ।

उपाध्यक्षलाई सरुवा गरिएका विद्यालयका स्थायी दरबन्दी नभएपछि उपाध्यय अदालत पुगेका हुन् । २०८२ कार्तिक १८ गते उपाध्यय सर्वोच्च अदालत गएपछि २४ गते अन्तरिम आदेश दिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...