ghar sansar

नहरमा फोहर नफाल्न अनुरोध, फाल्न नछाडे ५ देखि ५० हजारसम्म जरिवना गरिने

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली सिँचाई व्यवस्थापन कार्यालयले नहरमा फोहरमैला फाल्ने कार्य नगर्न सबैलाई अनुरोध गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालय परिसर, नहर र नहर किनारमा फोहर फाल्ने, ढल मिसाउने, मृत जनावर फाल्ने, शौचालय बनाउने लगायतका गैर कानुनी कार्य भएको गुनासो आएकाले तत्काल रोक्नु अनुरोध गरेको छ ।

,orning glory badhai
dirghayi clinic

नहरमा फोहरमैला फाल्ने कार्य नरोकिएमा फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । ऐनको दफा ३८ को उप दफा छ, ञ र द मा ५ हजारदेखि ५० हजारसम्म जरिवना गरिने र सो स्थान सरसफाई गर्दा लाग्ने शुल्क समेत अशुल गर्न सकिने प्रावधान छ ।

कार्यालयले ऐन दफा अनुसार कानुनी कारवाही गरिने भन्दै सम्बन्धित सबैका लागि निर्देशन सहित सार्वजनिक सूचना जारी गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...