ghar sansar

कञ्चनपुर कारागारमा झडपपछि इन्सपेक्टर कमाण्डमा खटियो प्रहरीको अर्को टोली

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर कारागारमा झडप फेरि कैदीबन्दीबीच झडप भएपछि कारागार सुरक्षाका लागि प्रहरी थपिएका छन् । बुधबार कारागारमा दिउँसो कैदीबन्दीबीच झडप भएपछि पाँच जना घाइते भएका छन् ।

झडप नियन्त्रणमा लिएर घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली कारागारमा खटाइएको छ ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक सहित १९ प्रहरी कारागारमा पठाइएका छन् । यस अघि प्रहरी नायब निरीक्षकको नेतृत्वको प्रहरी टोलीलाई कारागार सुरक्षाको जिम्मा थियो ।

झडपपछि प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली परिचालन गरिएको हो ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ सञ्चार माध्यमलाई पठाएको प्रेस विज्ञप्तिमा थुनुवा कैदीमध्ये केही कैदी थुनुवाहरुले एक आपसमा होहल्ला, गालीगलौच गरी झै–झगडा भएको जानकारी सार्वजनिक गरेको छ ।

कारागारमा ३ सय ७२ कैदीबन्दी छन् । झडपमा घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार गरिएको छ ।

घाइते हुनेमा शुक्लाफाँटा नगरपालिका–७ घरभएका चोरी मुद्दाका २३ वर्षीय ओम प्रकाश घडेरी, लागु औषध सम्बन्धी मुद्दाका शुक्लाफाँटा ११ का १९ वर्षीय भुवन नाथ, सोही ठाउँका २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका ७ का २५ वर्षीय आयुष बम र जबरजस्ती करणी मुद्दाका बेलौरी नगरपालिका ८ का २६ वर्षीय राजु दमाइ छन् ।

घाइतेको शरीर तथा टाउकोमा चोट रहेको कारागार प्रशासनका सूचना अधिकारी जीवन पन्तले बताए ।

आपसी विवादका क्रममा भएको झडपबाट घाइते भएका कैदीबन्दीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पन्तले बताए ।

Himal dental
सम्बन्धित
Loading...