

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–१ पहरियामा जीप दुर्घटनामा भएको छ । डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बर जीप सडकबाट खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ का ६० वर्षीय नन्दराम पार्की र सोही ठाउँकी ६२ वर्षीया कलावती देवी बोहरा छन् ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि धनगढी लगिएको छ ।

