

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित अस्पताल रोडको उदयदेव रेस्टुरेन्टमा जुवा तास खेली रहेका पाँच जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले ज्वा खालबाट ४७ हजार ७ सय नगद सहित तीन थान तासका गड्डीहरु सहित उनीहरुलाई पक्राउ गरेको छ ।


पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।
यसैबीच महाकाली प्रादेशिक अस्पताल नजिक पदम राज पन्तको चिया पसलमा जुवा तास खेली रहेको अवस्थामा ७ जना पक्राउ गरी हिरासतमा लिइएको छ ।
प्रहरीले जुवाखालबाट ३६ हजार ४ सय ४२ सहित एक थान तासको गड्डी बरामद गएिको छ ।
