ghar sansar

भीमदत्तमा आधा दर्जन विद्यालय समायोजन गर्न कार्य दलको सिफारिश

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धि कार्यका लागि गठन गरेको उच्च स्तरीय कार्यदलले आधा दर्जन विद्यालय समायोजन गर्न सिफारिश गरेको छ ।

पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको संयोजकत्वको अध्ययन कार्य दलले सोमबार नगरपालिकालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा शिक्षक दरबन्दी अनुसार विद्यार्थी संख्या नभएका आधा दर्जन विद्यालय समायोजन गर्न सिफारिश गरेको हो ।

Anant bahu travels

कार्य दलका सदस्य हरिराज विष्टले शिक्षक अनुपात अनुसार विद्यार्थी संख्या नभएका विद्यालयलाई समायोजन गर्न सिफारिश गरिएको जानकारी दिए ।

‘शिक्षक अनुपातमा विद्यार्थी संख्या जहाँ कम छ, ती विद्यालय समायोजन गर्न सिफारिश गरेका छौ, ती विद्यालयको संख्या ४÷६ जति छ ।’

कार्य दलले भीमदत्त नगर क्षेत्रका सबै सामुदायिक विद्यालय पुगेर अध्ययन गरी प्रतिवेदन तयार गरी सोमबार मेयर पदम बोगटीलाई बुझाएको छ ।

नगरपालिकाले दिएको ३० दिनको समय अघि नै प्रतिवेदन बुझाइएको छ । चैत ६ गते भट्टको संयोजकत्वमा सात सदस्यीय कार्य दलm गठन गरिएको थियो ।

सोमबार मेयर बोगटीले कार्यालय प्रमुख आवाशमा गएर प्रतिवेदन बुझेका छन् ।

dirghayi clinic

कार्य दलका संयोजक भट्टले नगरपालिकाले कार्य दललाई दिएको जिम्मेवारी अनुसार विद्यालयहरुको यथार्थ अवस्था राखेर प्रतिवेदन बनाएको बताए ।

‘हामीलाई जे जे जिम्मेवारी दिइएको थियो, त्यस अनुसार विद्यालय पुगेर त्यहाँको वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदनमा राखेका छौ’ उनले भने,‘प्रतिवेदन आज नगरपालिकालाई बुझायौ ।’

कार्य दलले नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालयमा पुगेर विद्यार्थी संख्या, भौतिक पूर्र्वाधार, शिक्षक कर्मचारी जनशक्ति लगायतका विषय अध्ययन गरेको कार्य दलका सदस्य हरिराज विष्टले बताए ।

‘सबै विद्यालय पुगेर अध्ययन गरेका छौ, त्यहाँ जे जस्तो देखियो, त्यसलाई प्रतिवेदनमा समावेश गरेका छौ’ उनले भने ।

नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले कार्य दलले सक्रिय भएर समय अवधि अघि नै कार्यालयलाई प्रतिवेदन बुझाएका हो । भीमदत्तले नयाँ शैक्षिक सत्रको मुखमा दरबन्दी मिलान गर्न खोजेको भन्दै यस अघि आलोचना भएको थियो ।

कार्य दलमा नारा जोशी, हरिराज विष्ट, नरेन्द्र सिह भण्डारी, लालमनी पाण्डेय, शिक्षा विकास तथा समन्वय इकाई सदस्य र भीमदत्तको शिक्षा, युवा तथा खेलकूद शाखाका शाखा अधिकृत दिपेन्द्र विष्ट सदस्य सचिव थिए ।

कार्य दलले विद्यालय अध्ययन गरी नगरपालिका कार्यालयमा बसेर प्रतिवेदन लेखन गरेको थियो । प्रतिवेदन लेखन अघि मापदण्ड अनुसार शिक्षक विद्यार्थी नभएका केही विद्यालयलाई नगरपालिका कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

भीमदत्त नगरपालिकामा दुई गुरुकुल सहित ५७ विद्यालय छन् ।

Himal dental
सम्बन्धित
Loading...