ghar sansar

निजमाती कर्मचारी संगठनले सोमबार मनाउँदैछ सुदूरपश्चिमका सबै जिल्लामा स्थापना दिवस, बैजनाथ धाम वृद्धाश्रममा बाँडियो खाद्यान्न सामाग्री

khasi

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले सोमबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको छ ।

संगठनले बर्सेनी स्थापना दिवस मनाउँदै आएको छ । विगतलाई निरन्तरता दिँदै यस वर्ष सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा स्थापना दिवस मनाउन लागिएको प्रदेश अध्यक्ष महादेब जोशीले जानकारी दिए ।

Anant bahu travels
dirghayi clinic

अध्यक्ष जोशीका अनुसार संगठनको केन्द्रीय कार्यक्रम अनुसार स्थापना दिवस मनाउने तयारी गरिएको छ ।

स्थापना दिवसका लागि आयोजना हुने कार्यक्रममा प्रदेश अध्यक्ष जोशी सहितका संगठनका पदाधिकारी र सदस्य सहभागी हुन लागेका छन् ।

स्थापना दिवसको पूर्व सन्ध्यामा आइतबार बेदकोट नगरपालिका ८ रौटेलास्थित बैजना धाम वृद्धाश्रममा खाद्यान्न तथा सामाग्री सहयोग गरिएको छ ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, जिल्ला अध्यक्ष मान बहादुर चन्द, सचिव दिनेशराज भट्ट, राष्ट्र सेवक बचत तथा ऋण सहकारीका अध्यक्ष गंगादत्त जोशी लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...