ghar sansar

सरकारलाई खबरदारी गर्ने आरक्ष पीडितको यस्तो शैली

khasi

हेमा भट्ट
महेन्द्रनगर । आफूहरुका माग सम्बोधन नभएको भन्दै आरक्ष पीडितहरूले फरक शैलीमा सरकारलाई ध्यानाकर्षण गराएका छन् । बर्षौंदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूले यसपटक नाङ्गो प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आरक्ष पीडित जिल्ला संघर्ष समितिको अगुवाइमा गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले कपडा त्यागेर सडकमा उत्रिँदै आफ्नो पीडा र आक्रोश सार्वजनिक गरेका थिए । उनीहरूको भनाइमा पटक–पटक शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यबाट कुनै ठोस प्रतिक्रिया नआएपछि बाध्य भएर यस्तो चरम कदम चाल्नु परेको हो ।

Anant bahu travels

प्रदर्शनकारीहरूले “हामीसँग गुमाउन केही बाँकी छैन”, “भूमि देऊ, अधिकार देऊ” जस्ता नारासहित आफ्ना मागहरू दोहो¥याएका थिए ।

dirghayi clinic

उनीहरूले न्यूनतम १० कट्टा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षको क्षतिपूर्ति दिनुपर्ने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने, तथा आफूहरूलाई द्वन्द्व पीडित सरह मान्यता दिनुपर्ने माग पुनः उठाएका छन् ।

संघर्ष समितिका एक प्रतिनिधिले भने, “हामीले लामो समयसम्म संयमित र शान्तिपूर्ण तरिकाले आफ्ना कुरा राख्यौं। तर, जब राज्यले सुन्ने प्रयास गरेन, तब हाम्रो पीडा देखाउने अर्को उपाय बाँकी रहेन।”

आरक्ष विस्तारका कारण विस्थापित परिवारहरू दशकौँदेखि भूमिहीनता, आर्थिक अभाव र सामाजिक असुरक्षाको सामना गर्दै आएका छन् । उनीहरूको जीवनयापन कठिन बन्दै जाँदा राज्यको उदासीनताप्रति असन्तुष्टि पनि बढ्दै गएको  छ ।

नाङ्गो प्रदर्शन जस्तो संवेदनशील र असामान्य विरोधले स्थानीय स्तरदेखि राष्ट्रिय तहसम्म बहस सिर्जना गरेको छ। कतिपयले यसलाई पीडितहरूको चरम निराशा र पीडाको अभिव्यक्ति भनेका छन् भने केहीले यस्तो प्रदर्शनले सामाजिक मर्यादामा असर पार्ने टिप्पणी पनि गरेका छन् ।

यस घटनापछि सम्बन्धित निकायहरू थप गम्भीर बन्ने अपेक्षा गरिएको छ। नागरिक समाज, मानवअधिकारकर्मी तथा सरोकारवालाहरूले तत्काल संवादको वातावरण सिर्जना गरी समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

Himal dental
सम्बन्धित
Loading...