ghar sansar

दरबन्दी मिलान गोलमोटोल हुन लागेको भन्दै भीमदत्तका शिक्षकलाई त्रास

khasi

महेन्द्रनगर । केही दिन यता भीमदत्त नगरपालिका सामुदायिक विद्यालयका शिक्षक दैनिक नगरपालिका कार्यालय धाउन थालेका छन् । भमिदत्तको विधालय समायोजन तथा शिक्षक दरबन्दी मिलान सम्बन्धि अध्ययन तथा बिश्लेषण कार्यदलले चैत ३० गते अध्ययन प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बुझाएपछि नगरपालिका धाउने शिक्षक संख्या अस्वभाविक बढेको हो । कार्य दलको प्रतिवेदन अनुसार नगरपालिकाले केही दिन अघि तह घटुवा र समायोजन हुने विद्यालयको नामावली सार्वजनिक गरेको थियो ।

Anant bahu travels

विद्यालय समायोजन र तह घटुवाको नामावलीमा सार्वजनिक भएपछि व्यवस्थापन समिति र अभिभावक रुष्ट छन् । अहिले उनीहरु पनि दैनिक नामावली संशोधनका लागि दबाव दिन नगरपालिका आउने गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको राजनीतिक आस्थाका आधारमा समायोजन गर्न खोजिएको आरोप उनीहरुले लगाएका छन् ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखामा उनीहरुले तह घटुवाको निर्णय संशोधन गर्न निवेदन दिएका छन् ।

मंगलबार र बुधबार लगातार अभिभावकले आएर शिक्षा शखालाई निर्णय संशोधनका लागि दबाव दिएका छन् ।

भीमदत्त नगरपालिका १० तिल्केनीको विष्णु मन्दिर आधारभूत विद्यालयको डाउन साइज गर्ने निर्णय संंशोधन गर्ने अभिभावकले निवेदन दिएका छन् । अन्य विद्यालयले पनि शाखामा आएर दबाव दिएका छन् ।

समायोजन सूचीमा सार्वजनिक अधिकाँश विद्यालय एमाले, नेकपा लगायत प्रतिपक्षी दल निकटका व्यवस्थापन समिति र प्रधानाध्यापक भएका छन् ।

ती विद्यालयमा आफू निकटका शिक्षक प्रधानाध्यापक बनाउन डाउन साइज गरिएको आरोप लगाउन थालिएको छ ।

dirghayi clinic

भीमदत्तमा काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी मेयर छन् । काँग्रेस सम्बद्ध नेपाल शिक्षक संघ आवद्धलाई प्रधानाध्यापक बनाएर ती विद्यालय पठाउन लागिएको चर्चा व्यापक भएको छ ।

सत्तारुढ दल नगरपालिका क्षेत्रका विद्यालयमा आफ्नो पार्टी निकट शिक्षकको दबदबा बनाउन चाहने खोजेको शिक्षकहरु बताउँछन् ।

त्यसका लागि कार्य दलबाट मेयर बोगटीले शिक्षक सरुवा आफू अनुकूल हुने गरी निर्णय गर्न सुझाव पाएका छन् ।
डाउन साइज गरिएका विद्यालयमा सिनियर शिक्षक हुँदा पनि सरुवा गरी आफू नजिककलाई सरुवा गरी प्रधानाध्यापक बनाउने तयारी छ ।

नगरपालिकाले राजनीतिक आस्था र पहुँचका आधारमा डाउन साइज र सरुवा गर्ने तयारी गरेपछि शिक्षकहरु भय बोकेर नगरपालिका कार्यालय पुगेका हुन् ।

‘हामीमाथि ठूलो अन्याय हुँदैछ भन्ने सुनिएको छ, यदि त्यस्तो भयो भने त्यो सह्य हुँदैन’ बुधबार भीमदत्त नगरपालिका कार्यालयमा भेटिएका एक शिक्षकले भने,‘कानुनी र सडक दुबै लडाँई लड्छौ ।’

कार्य दलले सत्तारुढ दल समर्थक शिक्षकलाई जोगाउने गरी माध्यमिक तहमा न्यून विद्यार्थी संख्या भएर पनि विद्यालय डाउन साइज गर्न रोकेको शिक्षकहरुले बताए ।

डाउन साइजको विवरण हेर्दा पनि काँग्रेस समर्थक अध्यक्ष र प्रधानाध्यापक भएका अधिकाँश विद्यालय डाउन साइज गरिएका छै्रनन् ।

ती विद्यालयका प्रधानाध्यापकलाई अन्यत्र पठाएर सुधार गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।

शिक्षक सरुवाको सूची तयार गरि सार्वजनिक गर्न रोकेको शिक्षकहरु बताउँछन् । शिक्षा शाखाले त्यसलाई एकमुष्ट कार्यपालिका पेश गरी निर्णय गर्ने योजना बनाएको छ ।

मेयर बोगटी, उप मेयर निलम लेखक जोशी सहितलाई दैनिक धाएर गुनासो गर्ने संख्या पनि ह्वात्तै बढेको बताइन्छ ।

भीमदत्तको सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्टले राजनीतिक आस्थाका आधारमा नभएर विद्यालय संख्याका आधारमा डाउन साइज गरिएको र विधि मापदण्ड अनुसार दरबन्दी मिलान गर्न लागिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...