ghar sansar

दरबन्दी मिलानमा शक्ति र पहुँचको प्रयोग नगर्न भीमदत्तलाई चेतावनी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकालाई शिक्षक दरबन्दी मिलानमा शक्ति र पहुँचको प्रयोग नगर्न चेतावनी दिइएको छ । 

सामाजिक सञ्जालमा शिक्षक संगठनका नेताले शक्ति र पहुँचको प्रयोग गरी शिक्षक र कर्मचारीमाथि प्रहार भएमा गलत नतिजा आउन सक्ने भन्दै नगरपालिकालाई चेतावनी सहित ध्यानाकर्षण गराइएको छ ।

Anant bahu travels
dirghayi clinic

‘हामीले समय छदै स्थानीय सरकार समक्ष ध्यानाकर्षण पत्र समेत बुझाएर पालिका भित्र दरबन्दि मिलान मा कुनै प्रकृतिको शिक्षक कर्मचारी को रोजीरोटीमा प्रतिकुल प्रभाव नपर्ने गरि बिबेक पुर्ण ढङ्ग बाट शिक्षक दरबन्दी ब्यवस्थापन÷ मिलान कार्य गरियोस् भन्ने वाक्यांश प्रयोग गर्दै ध्यानाकर्षण गरिएकोमा शक्ति र पहुच को उच्चतम प्रयोग भई कुनै किसिमको पनि शिक्षक कर्मचारी माथी प्रहार भएमा त्यस्को परिणाम गलत आउनसक्ने कुरा अवगत गराउदै फेरि पनि स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । शिक्षक नेतृत्व लिनु भनेको आफ्नो लागी होईन तपाईं माथि बिश्वास गर्दै आफ्नो नेता मान्ने साथी हरुको हितमा बोल्नु पर्ने कुरा लाई नेतृत्व बर्गमा उच्चतम बिबेग प्रयोग गर्न अनुरोध गर्दछु’ शिक्षक संघका नेता बिरेन्द्र बोहराले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।

भमिदत्तले दरबन्दी मिलानको तयारी गरेपछि शिक्षकहरुमा सन्त्रास फैलिएको छ ।

Himal dental
सम्बन्धित
Loading...