ghar sansar

रोइ कराई गर्दै भीमदत्त १० की कुश्मा कार्कीले भनिन्– म र मेरी छोरी बचाई दिनु होस

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० कुश्मा कार्कीले आफू र छोरीको ज्यान बचाई दिन सरोकारवाला सबैमा याचना गरेकी छन् ।

बिहीबार रातिदेखि केही व्यक्तिले आफूलाई गाली गलौज गर्दै धम्की दिइ रहेको उल्लेख गर्दै उनले ज्यान जोखिममा परेको भन्दै सहयोगको याचना गरेकी छन् ।

Anant bahu travels

घर मिस्त्रीको काम गर्दै आएकी एकल महिला कार्कीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयको टोलीले कुटपिट सम्बन्धि मुद्दामा अनुसन्धानका लागि कार्कीलाई घरमा पुगेर सोधपुछ गरेको थियो ।

स्थानीय महिलासित लेनदेन विवादमा उनीमाथि केही महिना अघि कुटपिट भएको थियो । त्यहीं मुद्दाको घट्नास्थल सर्जमिन गरी मुचुल्का गर्न प्रहरी टोली बिहीबार पुगेको थियो ।

dirghayi clinic

प्रहरी टोलीले घट्ना मुचुल्का लागि साक्षी नपाएपछि कार्कीलाई शुक्रबार प्रहरी कार्यालय आउने निर्देशन दिएर फर्किएको थियो ।

कार्कीलाई कुटपिट गरिएको भन्ने मुचुल्कामा बस्नु पर्ने भएकाले स्थानीयले घट्नाबारे अनविज्ञता जाहेर गरेका थिए ।

प्रहरी टोली फर्किएपछि कार्कीलाई गाली गलौज गरी ज्यान मार्नेसम्मको धम्की दिन थालिएको उनले बताइन् ।

‘मलाई बचाई दिनु होस, मेरो छोरी बचाई दिनु होस, मलाई सहयोग गरि दिनु होस’ रोइकराई गर्दै कार्कीले भनिन् ।

जिमुवा प्रहरी चौकीका इन्चार्ज शेर सिह कार्कीले कुटपिट सम्बन्धि मुद्दामा बिहीबार जिल्ला प्रहरी कार्यालयको टोली आएको जानकारी दिए ।

‘जिल्लाबाट टोली आएको थियो, म पनि त्यहाँ गएको हो,’ उनले भने,‘त्यसपछि वहाँमाथि त्यस्तो भएको कुरा हामीसम्म आएको छैन ।’

Himal dental
सम्बन्धित
Loading...