ghar sansar

श्रम अधिकार सम्बन्धि तीन दिने तालिम समापन, ६ बुँदे कञ्चनपुर प्रतिबद्धता घोषणा

khasi

महेन्द्रनगर । श्रम अधिकार र जबरजस्ती श्रम सम्बन्धि अनौपचारिक श्रमिकहरुका लागि संचालन गरिएको तीन दिने जिल्ला स्तरीय क्षमता विकास तालिम सकिएको छ ।

तालिममा कंचनपुरका ९ औटै स्थानीय तहका श्रमिक अभियन्ता, श्रमिक अगुवा र श्रमिक गरी ३० जना सहभागी भएका छन ।

Anant bahu travels

राष्ट्रिय मुक्त हलिया समाज महासङ्ग नेपाल र राष्ट्रिय मुक्त हलिया समाज कंचनपुरले तालिम संचालन गरेको छ । हलिया महासङ्गको परिश्रम परियोजना अन्तर्गत श्रम अधिकार, बाध्यकारी श्रम, श्रमिक हकहित संरक्षण, मर्यादित काम, सामाजिक सुरुक्षा, रोजगारका अवसर लगायत बिषय तालिममा समावेश गरिएका छ्न् ।

dirghayi clinic

राष्ट्रिय मुक्त हलिया समाज महासङ्ग नेपालका कार्यक्रम संयोजक हरि सिंह बोहराले श्रमिक अधिकार सम्बन्धि कक्ष मता बिकास गर्ने, समस्या पहिचान गर्ने, पैरवी गर्ने र नेतृत्व विकास गर्ने लक्ष्य सहित तालिम संचालन गरिएको बताए ।

तालिममा अधिवक्ता चक्र बहादुर आग्री मुख्य सहजकर्ता थिए । हलिया महासंघका कार्यक्रम संयोजक बोहरा र भीमदत्त नगरपालिकाका मनोज भट्ट तालिम सहजीकरण गरे ।

महासङ्गले अन्तरास्ट्रिय दातृ निकाय एक्सन एडको सहयोगमा कञ्चनपुरमा परिश्रम परियोजना संचालन गरि रहेको छ ।

महासंघका अध्यक्ष इश्वर सुनारको अध्यक्षतामा तालिम समापन गरियो । समापन कार्यक्रममा राष्ट्रिय मुक्त हलिया समाज कंचनपुरका अध्यक्ष शिबी लुहार लगायत अगुवा सहभागी भए ।

तालिम समापनमा ६ बुँदे कञ्चनपुर प्रतिबद्धता घोषणा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...