ghar sansar

भीमदत्तमा नेकपा वडा अध्यक्षका वडाका सबै विद्यालय डाउन साइज, कर्मचारीसित हारगुहार गर्दै निरिहता पोख्दैछन् वडा अध्यक्ष

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानपछि कार्यपालिका सदस्यहरु शिक्षा शाखा पुगेर दुखेसो पोख्न थालेका छन् । शुक्रबार भीमदत्त नगरपालिका १४ का वडा अध्यक्ष भोजराज जोशीले शिक्षा शाखा प्रमुखसित कार्यकक्षमा निर्णय सच्याउन अनुनय गरेका छन् ।

१४ नम्बर वडाका दुई विद्यालय डाउन साइज गरिएका छन् । १४ नम्बर वडामा शान्ति आधारभूत र बैजनाथ आधारभूत दुई सामुदायिक विद्यालय मात्रै छन् । भीमदत्तको शिक्षक दरबन्दी मिलानले ती दुबै विद्यालय डाउन साइज गरी कक्षा ५ सम्म पुगाएको छ ।

Anant bahu travels

शान्ति आधारभूत विद्यालय शिक्षक विद्यार्थी अनुपात अनुसार एक जना विद्यार्थी कम भएपछि डाउन साइज गरिएको छ ।
अर्को बैजनाथलाई विद्यार्थी संख्या देखाएर डाउन साइज गरिएको छ ।

शान्तिका प्रधानाध्यापक उत्तम विष्ट महेन्द्रनगर मावि साधारण सरुवा गरिएका छन् । शान्तिमा अन्यत्रबाट शिक्षक सरुवा गरिएको छ ।

बैजनाथ प्रधानाध्यापक पुष्पमणी जोशी सहित शिक्षक पुलमा राखिएका छन् । जोशी उपचारका लागि जिल्ला बाहिर छन् । लक्ष्मी मावि बागफाँटाबाट उनलाई त्यहाँ पठाएको हो ।

वडा अध्यक्ष जोशीले शिक्षा शाखा प्रमुखलाई आफ्नो कार्यकालभरि जसरी भए पनि दुबै विद्यालयलाई यथावत राखेर सञ्चालन गर्न माग राखे ।

dirghayi clinic

‘अरु जे हुन्छ, मेरो कार्यकालभरि ती दुबै विद्यालयलाई जुन अवस्थामा छन्, त्यहीं अवस्थामा सञ्चालन हुने व्यवस्था गरि दिनु प¥यो’ उनले भने आग्रह गर्दै भने ।

शिक्षा शाखा प्रमुख जोशीले आफू कर्मचारी भएको र शिक्षा समितिबाट निर्णय भएकाले आफूले केही गर्न नसक्ने जवाफ दिए ।

वडा अध्यक्ष नेकपा(तत्कालिन नेकपा माओवादी) केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् । वडामा उनी बाहेक सबै भीमदत्तका मेयर पदम बोगटीको पार्टी काँग्रेसका वडा सदस्य छन् ।

दुबै विद्यालय डाउन साइज गरी कक्षा ६ भन्दा माथिल्ला कक्षाका विद्यार्थीलाई भीनपा १६ को परखेडी पढाउने गरी डाउन साइज गरिएको बताइएको छ ।

कार्य दलले दुई विद्यालयमध्ये एउटालाई मात्रै डाउन साइज गर्न स्थानीयसित छलफल गरेको थियो ।

समुदायबीच सहमति हुन नसकेपछि दुबै विद्यालय डाउन साइज गरिएका छन् । बैजनाथका प्रधानाध्यापक सहित शिक्षक पुल दरबन्दीमा राखिएपछि बैजनाथको निर्णय फेर्न सकिने सम्भावना भएको बताइन्छ ।

सरस्वती माविका प्रधानाध्यापक डबल विष्टलाई भने बैजनाथ मावि महेन्द्रनगर सरुवा गरिएको छ । विष्ट भीमदत्तको नगर शिक्षा समितिको सदस्य हुन् । शिक्षा समितिले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...