

महेन्द्रनगर । सन्त निरंकारी मण्डल नेपाल जिल्ला शाखा कञ्चनपुरले सन्त निरंकारी सत्सङ्ग भवन पुनर्वास नगरपालिका ४ घ गाउँमा ३६ जनाले रक्तदान गर्दै मानव एकता दिवस मनाएका छन् ।
सन्त निरंकारी मण्डल नेपाल का केन्द्रिय सह सचीव नरबहादुर बिश्वकर्मा जी ले बलड ब्याग हस्तान्तरण गरी रक्तदान शिविर उद्घाटन गरे । कार्यक्रममा इलाका प्रशासन कार्यालय का प्रतिनिधि , ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, वडा अध्यक्ष , नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी, पत्रकार र मण्डलका विभिन्न स्थानका सत्सङ इन्चार्ज , सेवादल सदस्य सहभागी भएका छन् ।

५५ जना सेवादल भाइबहिनी ले रक्तदान को लागि फाराम भरे पनि १६ जना महिला र २० जना पुरुष गरी ३६ जनाले रगत दान गरे भने १५ जना रिजर्भमा राखिएका छन् ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डा. सन्तोष बिक , नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र महेन्द्रनगर का स्वास्थ्य कर्मि जीवन चौधरी , प्रतिका चौधरी र मानबहादुर बिक ज्युले रगत संकलनमा महत्त्वपूर्ण सहयोग गरे ।

निरंकारी सत्सङ्ग भवन पुनर्वास का मुखि रामप्रसाद गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन गगन भुलले गरेका थिए । कार्यक्रममा स्वागत दिलबहादुर लामिछाने राखे ।
रक्तदान शिविर पश्चात् वृहत् सत्सङ कार्यक्रम मण्डलका केन्द्रिय सह सचिव नर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिश्वकर्माले प्रवचनमा भने, सन्त निरन्कारी मिशन कुनै धर्म या सम्प्रदाय नभै विशुद्ध आध्यात्मिक विचारधारा हो र मिशनले आध्यात्मिक जागृतिका साथै समाज कल्याण को बाटो समेत लिएको बताए ।
रगत नालीमा होइन , मानवीय नाडीमा बगाऔ भन्दै रक्तदान गरेर मानव एकताको संदेश दिएको बताए । भगवान एक छ , मानव जाति पनि एक छ । तर समाजमा विभिन्न काल खण्डमा मानवले नै आफुअनुकुल जातजाति , धर्म सस्कृति निर्माण गरेको हो । भगवानले इन्सान बनाएको हो जातिपाति धर्म बनाएको होइन। मिसनले मानवएकताका साथै ब्रह्मग्यानको माध्यमबाट आध्यात्मिक जगृति गराइ सबैखाले विभेद निर्मुल गराइ प्रेमभाइचारा कायम गराउन चाहान्छ भने ।
काार्यक्रममा थुप्रै व्यक्तिले प्रवचन , भक्तिरचना, कविता प्रस्तुत गरे । सत्सङ कार्यक्रम को संचालन अमिशा जीले गरे । ६ सय भन्दा बढीको सहभागितामा भएको सत्सङ कार्यक्रम पश्चात् लङ्गर( भण्डारा) को व्यवस्था गरिएको थियो।
