ghar sansar

भीमदत्तको शिक्षक दरबन्दी मिलान गञ्जागोल

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानमा शिक्षकहरु तीव्र असन्तुष्टि पोखेका छन् । पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्ट नेतृत्वको कार्य दलको सुझावका आधारमा बिहीबार दरबन्दी मिलानको निर्णय गरिएको थियो ।

कार्य दलको सुझावका आधारमा भीमदत्तका मेयर पदम बोगटी नेतृत्वको नगर शिक्षा समितिले दरबन्दी मिलान गराएको हो । शिक्षा समितिबाट मिलान गरिएपछि कार्यपालिका बैठकबाट दरबन्दी मिलान निर्णय गरिएको छ ।

Anant bahu travels

भीमदत्तको नगर शिक्षा समितिका कार्य दलको सिफारिश मिचेर समेत शिक्षक सरुवा गरि दिएको छ ।

राजनीतिक आस्था, शिक्षक ट्रेडका नेताका प्रभाव, व्यक्तिगत सम्बन्ध र नाता गोतालाई आधार बनाएर दरबन्दी मिलान गरिएको शिक्षकहरु बताउँछन् ।

केही विद्यालयका प्रधानाध्यापकलाई नगरपालिका कर्मचारीसितको रिसिइबी साँध्न समेत सरुवा गरिएको छ । शिक्षक सरुवाको मापदण्ड विना सरुवा गरिएपछि अहिले निर्णयको चौतर्फी आलोचना भएको छ ।

शिक्षकहरुले निर्णय सच्याउन नगरपालिका कार्यालयमा दबाव दिएका छन् । उनीहरुले निर्णय सच्याउन शिक्षा शाखामा निवेदन दिएका छन् ।

मेयर बोगटीले राजनीतिक आस्थाका आधारमा आफ्नो पार्टी समर्थक शिक्षकलाई रोजाई अनुसारका विद्यालयमा पठाएका छन् ।

बोगटी काँग्रेस कञ्चनपुरका सभापति हुन् । काँग्रेस सम्बद्ध नेपाल शिक्षक संघ आवद्ध शिक्षकहरु आफ्नो रोजाइको विद्यालयमा परेका छन् ।

नेपाल शिक्षक महासंघ सहित राजनीतिक दल सम्बद्ध शिक्षक संगठनका नेतालाई पनि मेयर बोगटीले रोजाइ अनुसार चलाएका छन् ।

शिक्षक संगठनले मिलान विरुद्ध आन्दोलन गर्ने आशंकामा उनीहरुलाई रोजाइका विद्यालयमा पठाइएका छन् ।

नेपालल शिक्षक संघका भीमदत्त नगर अध्यक्ष धर्मानन्द जोशी शिवधाम गुरुकुल पुगेका छन् । बागफाँटाको पञ्चकृत माविबाट उनी रोजाइका आधारमा गुरुकुल पुगेका हुन् ।

विद्यार्थी संख्या न्यून भए पनि पञ्चकृृत माविमा भीमदत्तका कार्यपालिका सदस्य हरिहर परियारलाई अध्यक्ष बनाएर यस वर्ष चार कोठे भवन दिइएको छ ।

संघका निवर्तमान नगर अध्यक्ष मदन बहादुर विष्टलाई बैजनाथ माविबाट महाकाली जनसेवा मावि हल्दुखाल लगिएको छ । बैजनाथका शिक्षक खेमराज ओझालाई भने बागफाँटा पुगाइएको छ ।

ओझा जिल्ला बाहिरका हुन् । उनी डोटीका हुन् । जिल्ला बाहिरका भएका कारण बोगटीले उनलाई बागफाँटा पुगाएका छन् ।

त्रिवेणी आधारभूत विद्यालयका सिनियर शिक्षक धनञ्जय जोशीलाई प्रधानाध्यापक रोक्न बैजनाथ सरुवा गरिएको छ । उनको स्थानमा बैजनाथ माविकी निर्मला जोशीलाई सरुवा गरिएको छ ।

जोशी शिक्षक महासंघका जिल्ला अध्यक्ष हुन् । शिक्षक संघ आवद्ध जोशीलाई प्रधानाध्यापक बनाउन त्रिवेणी लगिएको हो ।

जोशी आफैं दरबन्दी मिलानमा सक्रिय थिइन् । त्रिवेणीका आधारभूतका प्रधानाध्यापक ज्ञानु आग्रीलाई लक्ष्मी मावि बागफाँटा पुगाइएको छ । आग्रीले बैजनाथ वा साधारण स्कुल पठाउन आग्रह गरेका थिए ।

शिक्षक दरबन्दी मिलानमा सक्रिय शिक्षक महासंघका प्रतिनिधिले आफूलाई चाहे अनुसार सरुवा गराएका छन् ।

dirghayi clinic

शिक्षक महासंघका नगर अध्यक्ष दिवाकर जोशीले आफूलाई महेन्द्रनगर मावि साधारण सरुवा गराएका छन् । उनी राहत शिक्षक हुन् ।

शिक्षक महासंघ अध्यक्ष जोशी, नगर अध्यक्ष जोशी र कार्य दलका सदस्य लालमनी पाण्डेय दरबन्दी मिलानमा सक्रिय रुपमा लागेका थिए ।

भीमदत्त नगर शिक्षा समितिका सदस्य डबल बहादुर विष्ट बैजनाथ सरुवा गराएका छन् । सरस्वती मावि परखेडीबाट विष्ट बैजनाथ आएका हुन् ।

विद्यार्थी संख्या न्यून भए पनि कक्षा ११ र १२ बाहेक अन्य कक्षा यथावत राखिएका छन् । कक्षा ११ र १२ हटाए पनि शिक्षकहरुलाई विद्यालयमा राखिएको छ ।

जानकी कन्या माविका प्रधानाध्यापक अन्जुला भट्टलाई जेसिज मावि राजीपुर पठाइएको छ । शिक्षा शाखाको कर्मचारीले तीन वर्ष अघिको रिसिइबी साँधेर भट्टलाई राजीपुर पठाएर जानकी कन्या गणित विषयका शिक्षक विहिन बनाइएको छ ।

दरबन्दी मिलानमा सबैभन्दा बढी सक्रिय सामाजिक विकास समितिका सभापति सुशिल कुमार भट्ट संलग्न थिए । काँग्रेसका नेता भट्टले भृकुटी माविलाई मर्जबाट जोगाउन काँग्रेस नेतृलाई व्यवस्थापन समिति अध्यक्ष बनाएका थिए ।

कक्षा ८ सम्म सञ्चालित आधारभूत तहका विद्यालय डाउन साइज गरी कक्षा ९ र १२ लाई जोगाइएको छ । ती विद्यालयका अधिकाँश अध्यक्ष र प्रधानाध्यापक मेयर बोगटीको पार्टी समर्थक छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भएका स्थानमा सबै विद्यालय डाउन साइज गरिएको छ । भीनपा १४ का दुबै विद्यालय डाउन साइज गरिएको छ । भीनपा १४ मा नेकपाका नेता भोजराज जोशी वडा अध्यक्ष छन् ।

वडा अध्यक्ष जोशीले विद्यालय जोगाउन शिक्षा शाखा प्रमुखसित आग्रह गरेका छन् ।

मेयर बोगटी सत्ता साझेदार एमालेसित भने केही उदार देखिएका छन् । एमाले सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष उत्तम विष्टलाई रोजाइका विद्यालयमा सरुवा गरि दिएका छन् ।

उनी महेन्द्रनगर मावि साधारण सरुवा गरिएका छन् । संगठन आवद्ध युवा वर्ष मावि तिल्केनीका जोशी पनि साधारण पुगाइर्एका छन् ।
शिक्षक महासंघका पूर्व केन्द्रीय महासचिव हरिश प्रसाद जोशीलाई महेन्द्रनगर मावि कटान सरुवा गरिएको छ ।

भीनपा १९ स्थित लक्ष्मी मावि बागफाँटामा बैजनाथका कृष्णानन्द भट्टलाई सरुवा गरिएको छ । भट्टले निर्णय सच्याउन माग गर्दै शिक्षा शाखामा निवेदन दिएका छन् ।

लक्ष्मी मावि बागफाँटाका प्रधानाध्यापक प्रमानन्द नाथसित टकराव गराउन भट्टलाई लक्ष्मी पठाइएको छ । भट्टको स्थानमा अस्थायी दरबन्दीका शिक्षक बैजनाथ मावि ल्याइएको छ ।

महेन्द्रनगर मावि साधारण निमावि तहका शिक्षक लोकमणी भट्टले सामाजिक सञ्जालबाट दरबन्दी मिलानमा असन्तुष्टि पोखेका छन् ।

भट्टलाई सिद्धनाथ अमर मावि गड्डाचौकी पठाइएको छ । उनको स्थानमा गड्डाचौकीका नरेन्द्रदेब विष्ट सरुवा भएर आएका छन् । शिक्षक भट्टले मापदण्ड विना आफ्नो सरुवा गरिएको भन्दै आक्रोश पोखेका छन् ।

गत वर्ष शिक्षक भट्ट र भीमदत्तको शिक्षाबीच सामाजिक सञ्जालबाट विवाद चर्किएको थियो ।

भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले नगर शिक्षा समितिले दरबन्दी मिलान गरेको बताए । ‘पहिला पनि गरिएको हो, अहिले पनि गरिएको छ, पहिला जसरी गरिएको थियो, अहिले त्यसरी नै गरिएको होला’ उनले भने ।

यस अघि २०७७ मा तत्कालिन मेयर सुरेन्द्र विष्टको कार्यकालमा डेढ सय बढी शिक्षक सरुवा गरी दरबन्दी मिलान गरिएको थियो । दरबन्दी मिलान विरुद्ध काँग्रेस सम्बन्ध शिक्षक संघले ४० दिन नगरपालिकामा आन्दोलन गरेको थियो ।

आन्दोलनमा सक्रिय संघका नेता लालमनी पाण्डेय सहित पूर्व शिक्षक कार्य दलका सदस्य थिए ।

Himal dental
सम्बन्धित
Loading...