ghar sansar

मेयरले आफ्नो पार्टी निकट शिक्षकले सरुवा रोक्न चलखेल गरेको भन्दै फेसबुक पोेष्ट गरेपछि दोधारा चाँदनीमा एमालेभित्र भूकम्प

जिल्ला कमिटी सदस्य सहित नगर कमिटी पदाधिकारी र सदस्यले छाडे पार्टी, ९ नम्बर वडा कमिटीले पनि दियो राजीनामा

khasi

महेन्द्रनगर । एमालेको दोधारा चाँदनी नगर कमिटीका पदाधिकारी र सदस्य सहितले सामूहिक राजीनामा दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले सामाजिक सञ्जालबाट पार्टी सम्बद्ध शिक्षक संगठनका सदस्यको सरुवा रोक्न दबाव दिएको र आफू पार्टी स्पष्टीकरण खान तयार छु भन्दै धारणा राखेपछि जिल्ला कमिटी सदस्य, नगर कमिटी पदाधिकारी सहितले राजीनामा दिएका छन् ।

Anant bahu travels

एमाले जिल्ला कमिटीलाई बुझाएको राजीनामा पत्रमा उनीहरुले नगर शिक्षा समितिको निर्णय लगायतका ९ कारण उल्लेख समावेश गरेका छन् ।

एमाले जिल्ला कमिटी सदस्य पुजा कसेराले पनि नगर कमिटी पदाधिकारी र सदस्यसंगै राजीनामा दिएकी छन् ।
राजीनामा पत्रमा नगर कमिटी अध्यक्ष गणेश भाट बाहेक सबैले हस्ताक्षर गरेका छन् ।

एमाले दोधारा चाँदनी नगर कमिटी सचिव सागर क्षेत्री, उप सचिव मन्जु थापा सहित सचिवालय सदस्य र नगर कमिटी सदस्यले पनि राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा एमाले नगर कमिटीका सचिवालय सदस्य सागर सिह, ओमप्रकाश बिसी, मिलन शर्मा र प्रकाश भट्ट छन् ।
नगर कमिटीका सदस्यहरु गोपीलाल कँडेल, मेलिना सुनार र पवन रावतले पनि राजीनामा दिएका छन् । कँडेल दोधारा चाँदनी ९ का वडा अध्यक्ष हुन् ।

एमाले दोधारा चाँदनी ९ नम्बर वडा कमिटी अध्यक्ष राम बहादुर सुनार सहित पदाधिकारी र सदस्य सबैले राजीनामा दिएका छन् ।

dirghayi clinic

दोधारा चाँदनीमा एमालेबाट निर्वाचित लिम्बु मेयर छन् । मेयर लिम्बु नेतृत्वको नगर शिक्षा समितिले केही दिन अघि नेपाल राष्ट्रिय शिक्षक संगठन आवद्ध शिक्षक अमर बस्नेतको सरुवा गरेका थिए ।

बस्नेतको सरुवापछि मेयर लिम्बुले उनको नाम नलिइ सामाजिक सञ्जालबाट सरुवा रोक्न प्रयास गरेको लगायतका आरोप लगाउँदै धारणा सार्वजनिक गरेका थिए ।

एमाले दोधारा चाँदनी नगर इन्चार्ज गगन खत्रीले शिक्षक सरुवा असन्तुष्टिलाई राजीनामा आएको हुन सक्ने बताए ।

जिल्ला कमिटीलाई बुझाएको राजीनामा पत्रको बोधार्थ एमाले केन्द्रीय कमिटी, प्रदेश कमिटी र एमाले कञ्चनपुर इन्चार्जलाई दिइएको छ ।

यस्तो थियो मेयर लिम्बुको स्टेटश

…के जाती भन्दा देख्नेलाई लाज भने झै । कही नभाको जात्रा हाँडी गाउँ । विगत देखीको अभ्यासलाई निरन्तरता दिदै अन्तर विद्यालय शिक्षक सरूवामा पार्टीको पावरमा अहिले सम्म सरूवा नभई अडिराखेको आफ्नै पार्टीको १ जना शिक्षकलाई यसपालि सुईकै नदिई अर्को विद्यालयमा सरूवा गरेको त घरि पार्टीका साथीहरूलाई राती राती घरै पठाउँछ । जिल्ला सम्म कुरा लगाउँछ । वडा कमिटीमा साथीहरूलाई पार्टीबाट राजिनामा दिन पठाउँछ । हुँदा हँदा केही नलागे पछि आज त आफुलाई अन्त पठाए विद्यालयको पठन पाठनमा समस्या आउँछ र आफुलाई अन्य विद्यालयमा सरूवा गरेको विद्यालयले नस्वीकार्ने भनेर अभिभावक भेलाबाट निर्णय गराएर नगरपालिकाको नगर शिक्षा समितिमा निर्णय सहितको पत्र समेत लेखेर पठाउँछ । जब की विद्यालयको विगत दुई वर्षको मात्र कुरा गर्दा कक्षा ८ को परिक्षाको रिजल्ट हेर्दा दयनिय अवस्था छ । फेरी आफै विगत १०÷१५ वर्षबाट नेपाल सरकारको राष्ट्रिय शुक्लाफाँटा निकुञ्जको सरकारी कार्यालयमा पनि अध्यक्ष भएर काम गरिराखेको छ । एउटै व्यक्ति सरकारको दुईवटा कार्यालयमा बसेर काम गरिरहेको छ । फेरी पनि स्थानीय सरकारलाई चुनौती दिदै सरूवा गरेको अर्को विद्यालयमा जानबाट रोक्न अनेकौ हतकण्डा गर्छ भने यस्ता व्यक्तिलाई आफ्नो पार्टीको भनेर बचाउन तथा रोक्न कम्तिमा मैले सक्दैन र मेरो नैतिकताले दिदैन । बाँकी स्पष्टीकरण दिनु परेमा आफु तयार रहेको जानकारी गराउँदछु ।

Himal dental
सम्बन्धित
Loading...