ghar sansar

उम्मेदवार मन परेन भनेर रुख बाहेक अन्य भोट हाल्न पाइदैन : काँग्रेस सभापति थापा

khasi

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूख बाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले क्रियाशील सदस्यहरूले रूखबाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताए ।

dirghayi clinic

‘नेपाली कांग्रेसको क्रियाशील सदस्य हुने, कांग्रेसको नेता हुने, पार्टीका तर्फबाट सांसद बन्ने, मन्त्री बन्ने, पार्टीका तर्फबाट स्थानीय तहमा विभिन्न जिम्मेवारी लिने, वा कांग्रेस पार्टीको आधिकारिक सदस्य हुने,’ सभापति थापाले भने, ‘तर, यो चुनावमा मलाई उम्मेदवार मन परेन । त्यस कारणले गर्दा मैले अन्तै चिन्हमा भोट हाले भन्न पाइँदैन । त्यसको कुनै तर्क हुँदैन । पाइँदै पाइँदैन । मेरो डिस्नरीमा त्यो छैन ।’

कांग्रेसको मान्छेले चुनावको दिनमा रूख चिन्हबाहेक अर्को चिन्हको बारेमा सोच्न पनि सक्दैन र सोच्न पनि पाउँदैन भन्ने बुझाई राखेर आफू हुर्केको भन्दै उनले अहिले पनि त्यही कुरा बुझ्ने गरेको बताए ।

सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताए ।

Himal dental
सम्बन्धित
Loading...