

महेन्द्रनगर । एमाले भीमदत्त ६ का वडा अध्यक्ष चुडामन,कलौनीको निधन भएको छ । एमाले कंचनपुर प्रवक्ता जनक राज अवस्थीका अनुसार उपचारका क्रममा कलौनीको निधन भएको छ ।

कलौनी सरकारी सेवाबाट अवकाश पाएपछि राजनितिमा आएका हुन । कलौनीले कंचनपुर जिल्लाका विभिन्न गाउँ बिकास समितिमा सचिब भएर काम गरेका थिए ।
एमालेभित्र कलौनी इमान्दार, भद्र र मिलनसार नेताका रुपमा चिनिन्छन् ।
