ghar sansar

रेडियन्टमा साइन्स पढ्न चाहनेको घुइचो, भर्ना खुलेको सात दिनमै पुगे सात सय विद्यार्थी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित रेडियन्ट माध्यमिक विद्यालयमा विज्ञान विषय पढ्न चाहने विद्यार्थीले धमाधम फाराम भरेका छन् । जेठ १ गतेदेखि भर्ना खोलिएपछि एक सातामा सात विद्याथर्थीले प्रवेश परीक्षाका लागि फाराम भरेका छन् ।

प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले मात्रै विज्ञान पढ्ुन पाउने छन् । विद्यालयका अनुसार प्रवेश परीक्षाबाट ६ विद्यार्थी छनोट गरी भर्ना गरिनेछ । २०५७ असार १५ गते भएको विद्यानलयमा यस वर्ष एक हजार दुई सय विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुने अपेक्षा गरिएको छ ।

सुरुवाती वर्षमा १७ जना विद्यार्थीबाट विज्ञान संकाय मात्रै सञ्चालन गरिएको थियो । दोस्रो वर्षदेखि शिक्षा संकाय थपिएको र त्यसपछिका वर्षमा विज्ञानतर्फ १२० विद्यार्थी तथा व्यवस्थापन (कमर्स) संकाय विस्तार गरिएको जनाइएको छ ।

विद्यालयले पछिल्ला वर्षमा शिक्षा संकाय हटाएको छ । अन्य विद्यालयमा पनि उक्त विषय उपलब्ध हुनुका साथै नेपाली माध्यममा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढेकाले शिक्षा संकायलाई निरन्तरता नदिइएको विद्यालयको भनाइ छ ।

विद्यालयका अनुसार गत वर्ष ९ सय ८५ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । तीमध्ये ६ सय जनाले मात्रै अध्ययनको अवसर पाएका थिए । तीन वर्षअघिदेखि भर्ना संख्या ३ सयबाट बढाउन थालिएको हो । त्यसबेला ५ सय ५९ जनाले प्रवेश परीक्षा दिएका थिए ।

विद्यालय प्रशासनले पछिल्ला वर्षमा व्यवस्थापन संकायप्रति पनि आकर्षण बढ्दै गएको जनाएको छ । गत वर्ष विज्ञानभन्दा व्यवस्थापन संकायतर्फका विद्यार्थी उत्कृष्ट नतिजासहित ‘टपर’ बनेका थिए । यस वर्ष पनि व्यवस्थापन संकायबाटै एक विद्यार्थी नेपाल टप गर्ने अनुमान गरिएको विद्यालयको दाबी छ ।

dirghayi clinic

“यो विद्यालय विज्ञान विषयका शिक्षकहरू मिलेर स्थापना गरेका हौं,” विद्यालयका एक पदाधिकारीले भने, “हामीलाई अहिले विज्ञापनसमेत गर्नुपर्ने अवस्था छैन, विद्यालयप्रतिको आकर्षण आफैं बढिरहेको छ ।”

विद्यालयमा विज्ञान विषयका अनुभवी, विज्ञ तथा पिएचडी होल्डर शिक्षकबाट अध्यापन गराइँदै आएको जनाइएको छ । विद्यालयका अनुसार गत वर्ष यहाँ अध्ययन गरेका विद्यार्थीमध्ये १३ जना डाक्टर र ४२ जना इन्जिनियरिङ अध्ययनरत छन् । अनुशासित शैक्षिक वातावरण र गुणस्तरीय अध्यापनकै कारण विद्यार्थी तथा अभिभावकको रोजाइमा विद्यालय परेको दाबी गरिएको छ ।

विद्यालयले छात्रवृत्तिमा पनि ठूलो रकम खर्च गर्दै आएको जनाएको छ । गत वर्ष मात्रै करिब ८७ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको थियो । दलित, महिला, आर्थिक रूपमा कमजोर तथा ‘टप–१०’ विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराइँदै आएको विद्यालयले जनाएको छ ।

संस्थापक सदस्यहरू सुरुवाती तीन वर्ष भाडाको भवनमा बसेर विद्यालय सञ्चालन गरेको स्मरण गर्छन् । प्रारम्भमा १३ जना संस्थापक रहेको विद्यालयमा अहिले २४ जना शेयरहोल्डर रहेका छन् । सबै शेयरहोल्डर शिक्षक नै रहेको बताइएको छ । यसबीच दुई जना शेयरहोल्डरको निधन भइसकेको छ ।

विद्यालयले यस वर्ष नियमित कक्षामै ध्यान केन्द्रित गर्ने जनाएको छ । “सरकारको नीति कस्तो आउँछ, त्यसपछि थप योजना बनाउँछौं,” विद्यालय प्रशासनको भनाइ छ । पछिल्लो शैक्षिक तथा सामाजिक परिवेशबारे भने विद्यालयले “अहिले त्यति सुरक्षित जस्तो महसुस नभएको” प्रतिक्रिया दिएको छ ।

शैक्षिक नतिजातर्फ पनि विद्यालयले उत्साहजनक उपलब्धि हासिल गरेको जनाएको छ । गत वर्ष ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने एक विद्यार्थीले ३ दशमलव ९६ जीपीए ल्याएका थिए ।

विद्यालयमा नियमित कक्षासँगै अतिरिक्त कक्षा सञ्चालन हुँदै आएको छ । गणित, भौतिक विज्ञान, रसायनशास्त्र तथा जीव विज्ञान विषयमा अतिरिक्त अध्यापन गराइने गरिएको छ ।

प्रयोगात्मक तथा प्रोजेक्ट–आधारित शिक्षण पद्धतिलाई प्राथमिकता दिइएको विद्यालयले जनाएको छ । विशेष प्रस्तुतीकरणका लागि स्मार्ट बोर्डको प्रयोग समेत गरिँदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...