ghar sansar

कुटपिटबाट घाइते ग्रान्ड प्यासिफिक रेष्टुरेन्टका सञ्चालकका भाई डिस्चार्ज, संलग्नको खोजी गर्दै प्रहरी

little buddha academy
khasi

महेन्द्रनगर । कुटपिट घाइते भएका भीमदत्त नगरपालिका ४ स्थित ग्रान्ड प्यासिफिक रेष्टुरेन्टका सञ्चालक किशोर चन्दका भाई गोबिन्द चन्द अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चन्दलाई बुधबार राति होटेलमा एक समूहले कुटपिट गरेको थियो । कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुटपिटमा संलग्न सबैका खोजी तीब्र बनाएको छ । प्रहरीले घाइते चन्द उपचारपछि महाकाली प्रादेशिक अस्पतालबट डिस्चार्ज भएको जानकारी दिएको छ ।

प्रहरीले भीमदत्त ४ का समिर बुढा, सोही ठाउँका अबिशेक अवस्थी र बेदकोट नगरपालिका ७ सुडाका गौरब चन्द ठकुरी लगायतले होटेलभित्र पसेर चन्दमाथि कुटपिट गरेको जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...