

महेन्द्रनगर । नेपाली कांग्रेसले कञ्चनपुर–३ मा पार्टीको क्रियासिल सदस्यता अद्यावधिक जिम्मेवारी क्षेत्रीय समितिका पदेन उपसभापति पदमराज अवस्थीलाई दिएको छ ।

जिम्मेवारी पत्रमा भनिएको छ; “जरा अभियान अन्तर्गत कंचनपुर जिल्लाको क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको कृयासिल सदस्यता अध्यावधिक गर्ने कार्यको संयोजन गर्न जरा अभियान निर्देशिकाकाको दफा ११ अनुसार तपाईंलाई जिम्मेवारी दिइएको छ ।“
यहि जेठ २१ गते भित्र सबै वडाहरुको क्रियासिल सदस्य अध्यावधिकको काम सप्पन्न गर्नुपर्ने दायरा समेत राखिएको छ ।

