ghar sansar

भीमदत्त नगर प्रहरीले समातेको अशोकको त्यो तरकारी, जसको मेयरले दिए क्षतिपूर्ति, हाकिमले तिरे जरिवना

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटा मुक्त हलिया बस्तीका अशोक दमाईले भारतबाट घर फर्केपछि महेन्द्रनगर बजार कृषि हाट बजारमा तरकारी बेच्न सुरु गरेका थिए ।

घरायशी कमजोर आर्थिक अवस्थाले पढ्न नसकेका उनी मजदुरी गर्न भारत पुगेका थिए । भारतबाट फर्केपछि उनी स्वदेशमा केही काम गरी घर खर्च चलाउन तरकारी कारोबार सुरु गरे ।

हाट बजार बाहिर नालीमा तरकारी राखेर बेचेको तीन दिनमा भीमदत्तका नगर प्रहरीले तरकारी सहित ढक तराजु नियन्त्रणमा लिएर गयो ।

नगर प्रहरीसंगै उनी तरकारी छुटाउन आफ्ना आमा बुवा सहित लगेर नगरपालिका कार्यालय पुगे । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई भेटेर निवेदन दिए । प्रमुख प्रशासकीय अधिकृत बमले ५ सय जरिवना तिरी समान लैजान तोक लगाई दिए ।

प्रमुख प्रशासकीय अधिकृत बमले तोक लगाएपछि दमाई परिवार पैसा तिर्न नसक्ने भन्दै हार गुहार गर्न थाल्यो । कार्यालयका सूचना अधिकारी हरि सिह धामीलाई भेटेर आफ्नोे गुनासो राखे ।

सूचना अधिकारी धामीसित उनीहरुले जरिवना तिर्न रकम आफूहरुसित नभएको र तरकारी साहुलाई तिर्न पैसा समेत नभएको दुखेसो पोखे । तरकारी किन्दा लागेको सबै रकम नपाए नगरपालिका कार्यालयमा धर्ना बस्ने अडान लिए । केही समय कार्यालयको प्रवेशद्वारमा धर्ना दिए ।

‘छोराले विहान साहुको खेतमा गएर उधारोमा तरकारी ल्याउँथ्यो, त्यसपछि त्यहाँ हाट बजारको नालीमा राखेर बेच्थ्यो, नगर प्रहरी आएर तरकारी, ढक तराजु सबै उठाएर ल्याएपछि हामीसित हात मुख जोर्न बाटो रहेन, त्यसपछि नगरपालिका कार्यालयमा धर्ना बस्यौ’ दमाईका बुवा मोहनले भने ।

घर परिवार लिएर नगरपालिका कार्यालय पुगेका दमाईले भनेका थिए, ‘क्षतिपूर्ति चाहिने, खानेपिने आधार दिनु प¥यो, व्यवसाय गर्ने ठाउँ दिनु परो, यात नोकरी दिनु परो, गाँस बासको ग्यारेन्टी गर्न परो ।’

सरकारले मुक्त हलिया पुनस्र्थापन कार्यक्रम अन्र्तगत घर बनाई दिएपछि दमाई परिवार केही वर्षदेखि बागफाँटामा बसोबास गर्न थालेका हुन् । गाउँ घरमा मजदुरी र ठेला चलाएर घर परिवार जीविका चलाउँदै आएका छन् ।

dirghayi clinic

घरायशी कमजोर अवस्थाका कारण छोरालाई पढाउन नसकेपछि दमाईले अशोकलाई मजदुरी गर्न भारत पठाएका थिए । भारतमा मजदुरी गरेपछि अशोक स्वदेशमा केही गर्ने भन्दै फर्किएका थिए ।

‘भारतमा मजदुरी गर्ने भन्दा आफ्नै देशमा केही गरौ भनेर फर्किएको थिए, त्यही भएर तरभुज करेला, टमाटर, काँक्रा लगायत त्यो नालीमा राखेर बेच्न थाले, ठिकै चलेको थियो, नगर प्रहरीले एकाएक यहाँ राख्न पाइदैन भनेर यस्तो गरि दियो’ उनले भने ।

हाट बजारका व्यवसायीको उक्साएपछि नगर प्रहरीले आफूलाई त्यहाँबाट हटाएको हुन सक्ने उनी बताउँछन् । ‘अरुले सिकाएको हुन सक्छ, मेरो कुरा लगाएको हुन सक्छ, नत्र तीन दिनसम्म केही गरेन, अनि एकाएक आएर मेरो तरकारी किन लिएर आउँथे ’ उनी सुनाउँछन् ।

नगर प्रहरीले तरकारी नियन्त्रणमा लिएर आएपछि कार्यालय पुगेका उनले क्षतिपूर्ति माग गरेका थिए ।

दमाई परिवार प्रवेशद्वारमा समस्या परेपछि कार्यालय समस्यामा प¥यो । प्रमुख प्रशासकीय अधिकृत बम र सूचना अधिकारी धामीले समस्या समाधानका लागि सक्रियता देखाए । मेयर पदम बोगटीलाई जानकारी दिइयो ।

प्रमुख प्रशासकीय अधिकृत बमलाई दमाईको निवेदनमा आफैंले तोक लगाएको जरिवना रकम फिर्ता गर्न कानुनी अवरोध देखियो । कानुन अनुसार तोक अनुसार जरिवना रकम हटाउन नसकिने भएपछि उनी आफैंले जरिवना रकम तिरि दिए ।

‘सुरुमा निवेदन लिएर आउँदा निवेदनमा कानुन अनुसार जरिवना तिरी समान लग्ने भनेर तोक लगाई हाले, पछि बुझ्दा त निकै समस्या रहेछ, तिर्ने नसक्ने भएपछि तोकेको रकम फिर्ता गर्ने सम्भावना भएन, त्यसपछि मैले त्यो जरिवना तिरि दिए, अरु त केही उपाय थिएन ।’

दमाई परिवारको माग जरिवना नतिर्ने र तरकारीको क्षतिपूर्ति पाउनु पर्ने थियो । मेयर बोगटीले व्यक्तिगत रुपमा दमाई परिवारलाई क्षतिपूर्ति बापत १० हजार उपलब्ध गराए ।

मेयर बोगटीले आफूसित रकम नभएपछि साथी भाईसित मागेर दमाई परिवारलाई तत्काल रकम सहयोग गरेको बताए ।

‘के गर्ने, तरकारीको १३÷१४ हजर जति लस भयो भन्ने थियो, मसित तत्काल पैसा थिएन, यता उता साथी भाईबाट खोजेर १० हजार दिए’ मेयर बोगटीले भने ।

Himal dental
सम्बन्धित
Loading...