

महेन्द्रनगर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल कञ्चनपुर आइपुगेका छन् ।
कैलालीको टीकापुरमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुने सिलसिलामा उनिहरु यहाँ आइपुगेका हुन्।
सभामुख अर्याल र अध्यक्ष दाहालसहितको टोलीले कञ्चनपुरका धार्मिक पर्यटकीय गन्तव्य, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चादँनी सुक्खा बन्दरगाह र ब्रह्मदेव लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

उनीहरुले भीमदत्त नगरपालिका–८ तिलौचौरस्थित भम्केनी धामको स्थलगत अवलोकन भ्रमण गरेको सभामुख अर्यालका निजी सचिव मधु मिजारले जानकारी दिए ।
टोलीमा उपसभामुख रुवी कुमारी र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारी लगायत सहभागीभ भएका छन् ।
दोधारा चाँदनीस्थित सुख्खा बन्दरगाह निरीक्षणपछि सभामुख अर्यालले देश बन्दै छ भनेर आफ्नो धारणा राखेका छन् ।
कैलालीको टीकापुरमा शनिबादेखि हुने कार्यक्रमका लागि आएका अर्याल भ्रमणपछि फर्किएका छन् । सभामुख अर्यालय सरकारका उच्च पदस्थ रसुरक्षा अधिकारीका गाडीका लवालस्कर सहित कञ्चनपुर आएका हुन् ।
सभामुख अर्यालले निर्माणाधिन मझगाउँ विमानस्थल निरीक्षण गरे ।

