ghar sansar

बजेटमा बाइपास मझगाउँ विमानस्थलमा लवालस्कर सहित सभामुख अर्याल

little buddha academy
khasi

महेन्द्रनगर । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उप सभामुख रुबी ठाकुरलाई लिएर निर्माणाधिन मझगाउँ विमानस्थल पुगेका छन् ।

कैलालीको टिकापुरमा शनिबार हुने कार्यक्रमको अघिल्लो दिन कञ्चनपुर आएका उनी गाडीका लवालस्कार सहित निर्माणाधिन विमानस्थल पुगेर निरीक्षण गरेका छन् ।

यस अघि गत भदौमा तत्कालिन गृहमन्त्री रमेश लेखक लवालस्कार सहित निर्माणाधिन विमानस्थल पुगेका थिए । उनी कञ्चनपुर ३ बाट निर्वाचित साँसद थिए ।

लेखक काठमाडौ फर्किएको दुई दिनपछि जेनजी आन्दोलन भएपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

शुक्रबार अर्यालले तत्कालिन गृहमन्त्री लेखकको निरीक्षणलाई झल्को दिने गरी सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष दाहाल र उप सभामुख ठाकुर विमानस्थल पुगेका छन् ।

जेठ १५ गते संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा विमानस्थल नपरेपछि सरकार आलोचनामा परेको छ । बजेट आएपछि धेरैले मझगाउँ विमानस्थलका लागि बजेट भन्दै सरकारसित प्रश्न गरेका छन् ।

कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिह महताले शुक्रबार पनि बजेट व्यवस्था हुने बताएका छन् ।

विमानस्थल पुनः निर्माण कार्य सुरु हुँदा साँसद महता सहितले सञ्चालन समिति गठन गरी दबाव दिएका थिए । साँसद महता समितिका प्रेस संयोजक छन् ।

अहिले आफैं साँसद भएर पनि बजेट नआएपछि कञ्चनपुर ३ का मतदाताले उनलाई खै बजेट भन्दै सोध्ने गरेका छन् ।
सभामुख अर्यालको कञ्चनपुर भ्रमण कार्यक्रममा विमानस्थल निरीक्षण समावेश नभएपछि शुक्रबार विहान स्थानीयले सामाजिक सञ्जालबाट आग्रह गरेका थिए ।

dirghayi clinic

कञ्चनपुर आएपछि सभामुख अर्याल विमानस्थल पुगेका हुन् ।

संघ सरकारले बजेट नदिएपछि विमानस्थल सञ्चालक समितिका पदाधिकारीले सुदूरपश्चिम सरकारलाई दबाव दिएका छन् ।

सुदूरपश्चिम सरकार बिमानस्थल पुनः निर्माणको लगानी साझेदार हो । २०७४ पछि पुनः संचालनका लागि निर्माण सुरु गरिएको बिमान्स्थलमा प्रदेश सरकारको २५ प्रतिशत लगानी गर्ने सम्झौता छ ।

प्रदेश सरकार बाहेक भीमदत्त नगरपालिका १५ प्रतिशत, दोधारा चादनीको १० प्रतिशत र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लगानीमा बिमानस्थल बनाउने स्म्झौता छ ।

प्रदेश सरकार र स्थानीय तहको लगानी साझेदारीपछि प्राधिकरणले ठेक्का खोलेर निर्माण सुरु गरिएको थियो ।

स्थानीय सरकारले प्रतिवद्धता अनुसार बजेट दिन नसक्नु र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण विमानस्थल निर्माण कार्य अन्यौलमा परेको छ ।

‘सुदूरपश्चिम प्रदेशका सबै मा. मन्त्री र प्रदेश सभा सदस्यको ध्यान जाओस, विशेष गरि अर्थमन्त्री मा. बहादुर सिह थापा, मा. प्रकाश रावल, मा. बेल बहादुर राना, मा. ओमबिक्रम भाट सरल, मा. वीर बहादुर पातल, मा. दिवान सिह बिष्टज्यू’ पुनः सञ्चालन समितिका सचिव राजेन्द्र चन्दले सामाजिक सञ्जालबाट आग्रह गरेका थिए ।

चन्द बिमान संचालनका लागि लामो समय देखि दबाब दिदै आएका थिए । निर्माण सुरु भएपछि निर्धारित समयमै काम सप्पन्न गर्न सरकारी निकायलाई आग्रज गर्दै आएका छन् । सशस्त्र द्वन्द्वका कारण २०५६ मा बिमान स्थल बन्द भएको थियो ।

बिमान स्थल बन्द भएको १८ बर्ष पछि कंचनपुर ३ का तत्कालिन साङ्सद डा. दीपक प्रकाश भट्टले २०७४ मा चुनाव जितेपछि निर्माण अघि बढाएका हुन् ।

त्यस अघि पनि बिमास्थ्ल संचालन पुनः निर्माण कार्यका पहल गरिएको थियो । पहिलो संविधान सभा निर्वाचनपछि तत्कालिन पुष्प कमल दाहाल नेतृत्वको सरकारले पहल गरेको थियो ।

तत्कालिन नागरिक उड्डयन पर्यटन मन्त्री लोकेन्द्र बिष्ट जहाज चढेर मझगाउ आएका थिए । उनले बन्द बिमान स्थलमा नेता लेखराज भट्टलाई झट्ट एयरपोर्ट बनाउने कार्यमा लाग्न निर्देशन दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...