

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका वासिन्दाले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । महाकाली बुहप्राविधिक शिक्षालयले मन्त्र अस्पताल र भीमदत्त नगरपालिकाको प्राविधिक सहयोगमा शिविर गरिएको छ ।
शिविरबाट ५४ जना महिला र ३९ जना पुरुष गरी ९३ जनालाई सेवा प्रदान गरिएको छ । महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले ग्रामिण भेगका नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यसहित शिक्षालयले सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गमबस्ती खल्लामछेट्टीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको बताए ।

विशेषज्ञ डाक्टरहरुको सेवा सहितको शिबिरमा रगत जाँच, खकार जाँच, औषधी निशुल्क वितरण गरीएको निर्देशक साउदले बताए ।
गाँउमै निशुल्करुपमा विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी भएका छन् । मिना चन्दले गाँउमै विशेषज्ञ डाक्टरको सेवा पाउदा हर्षित भएको बताईन् । ‘टुडिखेलमा गाँउघर क्लिनिक छ तर त्यहा खासै चेकजाँच हुदैन,’ उनले भनिन् ‘आज गाउघरमै डाक्टर आएर जाँच गर्नुभयो खुसी लाग्यो, औषधि पनि निशुल्क पाईयो । यस्ता कार्यक्रम सधै भईराखे राम्रो हुन्थयो ।’


त्यसैगरी अर्का सेवाग्राही संगिता धामीले पनि आफ्नै गाँउमा निशुल्क विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा पाउदा खुसि लागेको बताईन् ।
स्वास्थ्य जाँच गर्दा अधिकांश सेवाग्राही रुघाखोकि ज्वरोका देखिएता पनि ५÷६ सेवाग्राहीमा दमको सिकायत देखिएको डा. अर्जुन भट्टले बताए ।
अधिकांस विरामीमा रुघाखोकि ज्वारो देखिएपनि ५÷६ जनामा अलि जटिल समस्या जस्तो देखियो । उनीहरुलाई अस्पतालमै आएर चेकजाँच गर्ने सल्लाह सुझाव दिएकाछौ,’ उनले भने ‘सामान्य समस्या देखिएका विरामीहरुलाई ३ दिनको औषधी दिएका छौ । निको नभए अस्पताल आउन सुझाव दिएका छौ । ’

शिविरमा प्रमुख अतिथिको रुपमा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहेका थिए । उनले महाकाली बहुप्राविधिक शिक्षालयले ग्रामिण भेगका स्थानीयलाई निशुल्क स्वास्थ्य सेवा पु¥याउने उदेश्यले गरीएबमे शिविरले धेरै परिवार लाभान्वित हुने बताए ।
शिबिरमा तिन जना विशेषज्ञ डाक्टर, स्वास्थ्य चिकित्सक, शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेका छन् ।

