ghar sansar

होली स्कुलमा अन्तर स्कुल क्रिकेट चेम्पियन सुरु, उद्घाटनमा तीन खेल

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलको खेल मैदानमा अन्तर माबि स्कुल  क्रिकेट  चेम्पियनसिप  सुरु भएको छ ।

कंचनपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको सोमबार औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ  । 

,orning glory badhai

सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका सल्लाहकार एबम होली फेमली स्कुलका संस्थापक भुपाल सिंहले प्रतियोगिता उद्घाटन गरे । 

कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट बिशिष्ट अतिथि थिए ।

होली फेमलीका सहायक प्रीन्सिपल हरिश सिंह ठगुन्नाले कार्यक्रम संचालन गरे । संघका सचिव बिशाल सोनारले कार्यक्रम सञ्चालन गरे ।

प्रतियोगिता उदघाटनपछि होली फेम्ली स्कुल र फ्लोरिडा इन्टरनेशनल बोर्डिङ्ग स्कुलबिच पहिलो खेल भयो । होली फेमलीले फ्लोरिडालाई ३९ रनले हरायो ।

टस जितेर ब्याटिङ्ग गरेको होली फेमलीले १०३ रन बनायो । होली फेमलीका निरज पन्तले ४८ बलमा ५४ रन बनाए । १०४ रनको लक्ष्य लिएत  जवाफी व्याटिङ्गमा उत्रिएको फ्लोरिडा ६४ रनमा समेटियो ।

dirghayi clinic

सोमबार दोस्रो खेलमा मर्निङ्ग ग्लोरीले जित हात पारेको छ । मर्निङ्ग ग्लोरीले नव प्रतिभा स्कुललाई १९ रनले हरायो । 

टस जितेर व्याटिङ्ग गरेको मर्निङ्ग ग्लोरीले निर्धारित ओभरमा ११३ रन बनायो । मर्निङ्ग ग्लोरीले ५३ बलमा ६१  रन बनायो ।

११५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नव प्रतिभा १४ दशमलव ५ ओभरमा अल आउट हुदै ९४ रनमा समेटियो ।

नव प्रतिभाका निश्चल चन्द २३ बलला ३० र आयुश ओडले २२ बलला १८ रन बनाए  ।

मर्निङ्ग ग्लोरीका गणेश नाथले ३ ओभरमा १३ रन खर्चेर ३ बिकेट लिए ।

उदघाटन खेलको तेस्रो खेलमा नोबेल एकेडेमीले  वेष्टर्न पब्लिक एकेडेमीलाई ९ विकेटले हरायो ।

टस जितेर व्याटिङ्ग गरेको वेष्टर्न पब्लिक एकेडेमीले ६१ रन जोड्यो । वेस्टर्नका लागि मनोज नाथले ३६  बलमा २३ रन बनाए ।

६२ रनको लक्ष्य लिएर उत्रिएको नोबेल एकेडेमी ८ दशमलव ५ ओभरमा १ विकेट क्षतिमा ६३ रन बनायो । 

नोबेलका युवराज सिंहले ३५ बलमा ३६ रन बनाए । 

शनिबार होली फेमली स्कुलको आयोजनामा भएको भीमदत्त अन्तर माबि  टी २० क्रिेट प्रतियोगिता समापन गरिएको थियो । अन्तर विद्यालय क्रिकेट चेम्पियनमा होली फेमली स्कुलले सहयोग गरेको छ । 

 

Himal dental
सम्बन्धित
Loading...