
होली फेम्ली राष्टिय क्रिकेट स्कुल लेबल च्याम्पियनसिप : मंगलबार तीन खेल, लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्ड्रीको जित


महेन्द्रनगर । होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमीले सत्यवादी सेकेन्डरी स्कुललाई ७१ रनले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमीले १४ ओभरमा १४७ रन बनायो । लिटिल बुद्धका शुभम खड्का ५० मनिष ठगुण्डास ४८ रनको योगदान दिए । बलिङतर्फ सत्यवादीका सुवास खड्काले दुई विकेट लिए ।

जवाबी ब्याटिङमा उत्रिएको सत्यवादी सेकेन्डरी स्कुल १४.२ ओभर मा अलाउट हुँदै ७६ रनमा प्याक भयो। सत्यवादीका लागि निश्चलचन्द ले २७ रन बनाउनु बाहेक अन्यको ब्याटिङ बिर्सन लायक रह्यो ।
दोस्रो खेलमा कञ्चनजंगा बोर्डिङ स्कूलले लिटिल स्टारलाई ४ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको लिटिल स्टारले १४.३ बलमा अलआउट हुँदै ९२ रनको योगफल बनायो । कप्तान सुरज धामीले ५३ रन बनाए । कञ्चनजंगा का सुरज धामी र आशिष चन्दले सामान २÷२ विकेट लिए ।

९३ रनको लक्ष पछ्याएको कञ्चनजंघा ले १२.२ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । सुशीला शाहले४३ रन बनाए । भने लिटिल स्टारका विज्ञान भट्ट र दिपेश भट्टले सामान ३÷३ विकेट लिए पनि जित निकाल्न सकेनन् ।
आजै भएको तेस्रो खेलमा महाकाली सेकेन्डरी स्कूलले ४ विकेटले मर्निङ ग्लोरीलाई जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मर्निङ ग्लोरीले ९.३ ओभर खेल्दै सबै विकेट गुमाएर ६९ रन बनाउन सक्यो । मर्निङ्ग ग्लोरी लाई सस्तैमा समेट्न निरज कुँवर, प्रदीप कुँवर, प्रिसियश कुँवर, विवेक उपाध्याले सामान २÷२ विकेट लिए ।
झिनो लक्ष पछ्याएको महाकालीले ९.३ ओभरमै ६ विकेट गुमाएर भेटाएको छ ।
च्यामियनशिपमा १६ विद्यालयको सहभागिता रहेका छन् । प्रतियोगितामा च्याम्पियन बन्ने टिम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुप स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । प्रतियोगिता असार ३ गते समापन हुनेछ । १६ टीमलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदै छ ।
चार टिमका विजेताले सेमीफाइनल खेल्ने छन् । सेमी फाइनल नक आउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ । सेमिफाइनलमा विजेता दुई टोली बीच उपाधि भिडन्त हुनेछ ।
यो प्रतियोगिता कञ्चनपुर क्रिकेट संघको आयोजनामा होली फेम्ली इंग्लिश बोर्डिङ स्कूलको खेल मैदानमा सञ्चालन भइरहेको छ ।
