ghar sansar

इन्टरनेशनलमा इएनटी तथा डेन्टल क्याम्प, विद्यार्थी र अभिभावकले गराए नाक, कान, घाँटी र दाँत जाँच

little buddha academy
khasi

महेन्द्रनगर  । इन्टरनेशनल पब्लिक स्कुल कक्षा ६ मा अध्ययनरत रञ्जना खडायतले शनिबार बिहान विद्यालयमै नाक, कान तथा घाँटी (इएनटी) रोग विशेषज्ञ डा. प्रशान्त भट्टसित नाक र कान जाँच गराइन् ।

स्वास्थ्य जाँचका लागि आमा सहित डा.भट्ट सित पुगेकी खडायत नाकबाट रगत बग्ने समस्याबाट पीडित छन् । 

,orning glory badhai

‘महिनाको २० दिनमा एक पटक हुन्छ नाकबाछ रगत आइ रहन्छ, के भएको होला’ खडायतकी आमाले डा. भट्टसित समस्या राखिन् ।

डा. भट्टले उनलाई जाँच गर्दै नाकको अवस्था राम्रो नभएको र कानमा फोहर जमेको जानकारी दिँदै असपताल गएर जाँच गराउन सुझाव दिए । 

‘नाक हेर्दा राम्रो छैन, कानमा फोहर हुन्छ’ डा. भट्टले भने, ‘नाकबाट रगत  बगेको सिधै अस्पताल आउनु पर्छ ।’

इन्टरनेशन पब्लिक स्कुलले शनिबार विद्यालयमा इएनटी तथा डेन्टल क्याम्प सञ्चालन गरी विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको छ । 

क्याम्पमा कक्षा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीको नाक, कान, घाँटी र दाँतको समस्या जाँच गरी आवश्यक परामर्श दिइएको छ । 

विद्यालयले चार वर्षदेखि विशेषज्ञ चिकित्सक सहित क्याम्प सञ्चालन गर्दै आएको छ । यस वर्ष शनिबार विहान ८ देखि मध्यान्हसम्म क्याम्प सञ्चालन गरिएको छ ।

dirghayi clinic

विद्यार्थीहरुले टिकट दिएर जाँचका लागि पठाईएको थियो ।

क्याम्पमा डा. भट्ट सहित दन्त रोग विशेषज्ञद्वय डा. मुना जोशी र डा. रोशन भट्टले जाँच गरे । डा. प्रशान्त र डा. रोशन इन्टरनेशनका पूर्व विद्यार्थी हुन् । उनीहरु दुबैले इन्टरनेशनबाट एसएलसी गरेका हुन् । 

अर्का डा. जोशीका आमा मन्जु जोशी विद्यालयका शिक्षक हुन् । डा. प्रशान्त भट्ट महाकाली प्रादेशिक अस्पतालमा इएनटी विशेषज्ञ हुन् । 

विद्यालयका पूर्व विद्यार्थी डा. सुभास लामिछाने पहिलो क्याम्पमा स्वास्थ्य जाँच गरेका थिए । 

क्याम्पमा परीक्षणपछि इएनटी विशेषज्ञ डा. भट्टले परीक्षणमा धेरै विद्यार्थीको सुनाई र चिसो पेय पदार्थका कारण घाँटीमा समस्या देखिएको बताए । 

विद्यालयले क्याम्प गरी परीक्षण गर्न राम्रो अभ्यास भएको बताए । आफूले अध्ययन गरेका विद्यालयमा आएर सेवा दिन पाउँदा खुसी लागेको डा. भट्टले सुनाए । 

विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले विद्यार्थीको स्वास्थ्य मध्यनजर गरी चार वर्षदेखि शिविर सञ्चालन लगाएर स्वास्थ्य परीक्षण हुँदै आएको बताए ।

‘यो क्याम्प चार वर्षदेखि हुँदै आएको छ, यसमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी सबैको स्वास्थ्य समस्या जाँच हुँन्छ, त्यस बाहेक विद्यार्थीसंगै अभिभावकको स्वास्थ्य जाँच गर्छौ’ उनले भने ।

प्रिन्सिपल भट्टका अनुसार बर्सेनी क्याम्पमा पाँच सय विद्यार्थी र अभिभावकको नाक, कान, घाँटी र दाँतको परीक्षण हुने गरेको छ ।

‘यो क्याम्पलाई हामी आगामी दिनमा पनि निरन्तरता दिन्छौ’ उनले भने । 

 

Himal dental
सम्बन्धित
Loading...