
होली फेम्लि राष्ट्रिय क्रिकेट स्कूल लेभल च्याम्पियनसिप : होली फेम्ली वात्सल्या विद्या सोमबार उपाधिका लागि भिड्ने


महेन्द्रनगर । होली फेम्लि राष्ट्रिय क्रिकेट स्कूल लेभल च्याम्पियनसिप’ अन्र्तगत सोमबार होली फेम्ली र वात्सल्या विद्या निकेतनबीच फाईनल खेल हुने भएको छ ।
आइतबार सेमिफाइनमा महाकाली सेकेण्ड्री स्कुललाई हराउँदै होल िफेमली र महेन्द्रनगर माविलाई पराजित गरी बात्सल्या विद्या निकेतन फाइनल प्रवेश गरेका हुन् ।

होली फेमली ३१ र बात्सल्या १२ रनले जित निलकालेर सोमबार उपाधिका लागि भिड्ने भएका हुन् ।
पहिलो सेमिफाईन खेलमा टस जितेर ब्याटिङ्ग रोजेको होली फेम्लीले निर्धारित २० ओभर खेल्दै ९ विकेट क्षतिमा १ सय ७ रन बनायो ।
होली फेम्लीका हरिश बुढाले ३७, विनय पाण्डेयले १६ रन र मुकेश जोशीले १९ रन बनाए । महाकालीका प्रिसियस मल्लले ३, निज कुवरले २ विकेट लिए ।
१ सय ८ रनको पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको महाकाली सेकेण्ड्री स्कुल १२.३ ओभरमै अलआउट हुँदै ७६ रनमा सीमित भयो । होली फेम्लीका लक्ष्मण नाथले महत्वपूर्ण ४ विकेट लिए । तपन अवस्थीले २ विकेट लिन सफल भए ।

दोस्रो सेमिफाईनल खेलमा पहिले व्यटिङ्ग गरेको बात्सल्याले १४.५ ओभरमा अलआउट हँुदै ५४ रनको झिनो लक्ष्य दियो ।
बात्सल्याका आयुस भट्टले १० रन बनाए । महेन्द्रनगर मावि साधारणका पुष्पराज थापा, मुकेश धामी, सुमित धामी, र सुभाष भण्डारीले समान २÷२ विकेट लिएर उत्कृष्ट बलिङ्ग गरे ।
५४ रनको झिनो लक्ष पछयाएको ब्याटिङ्ग गरेको महेन्द्रनगर मावि १५.४ ओभरमै अलआउट हुँदै ४१ रनमै समेटियो । महेन्द्रनगरका कप्तान निशान्त भट्टले १५ रन बनाउनुबाहेक अन्य व्याट्स म्यान क्रिजमा टिक्न सकेनन् ।
बात्सल्याका धिरेन्द्रराज विष्टले ३, हिमाल पन्त, अनुप जोशी, आयुष भट्टले समान २÷२ विकेट लिए ।
होली फेम्ली र बात्सल्याबीच सोमबार दिउसो २ बजे होली फेम्ली स्कुलको खेल मैदानमा फाइनल खेल हुने जानकारी दिइएको छ ।
कञ्चनपुर जिल्ला क्रिकेट संघले होली फेमली इङ्गलिश मिडियम स्कुलसित सहकार्य गरी सञ्चालन गरेको प्रतियोगितामा १६ विद्यालयका टीम सहभागी भएका छन् ।
प्रतियोगिताको च्याम्पियन टीम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम स्तरीय क्रिकेट प्रतियोगिताका लागि छनौट हुने होली फेमली स्कुलका एसिस्टेन्ट मेनेजर महादेब भट्टले जानकारी दिए ।
प्रतियोगिता सोमबार औपचारिक कार्यक्रम गरी समापन हुने भट्टले जानकारी दिए ।
