ghar sansar

रास्वपा सुदूरपश्चिम नेतृत्वका लागि विष्ट र धामी मैदानमा

little buddha academy
khasi

महेन्द्रनगर । रास्वपाको सुदूरपश्चिम प्रदेश अध्यक्षमा प्रकाश विष्ट र जनक सिह धामीले उम्मेदवारी दिएका छन् । कैलालीको धनगढी सुरु प्रदेश अधिवेशनमा सहमतिको प्रयास सफल हुन नसकेपछि निर्वाचनबाट प्रदेश नेतृत्व चयन हुन लागेको हो ।

अध्यक्षका उम्मेदवार विष्ट रास्वपाका वर्तमान प्रदेश समितिका अध्यक्ष हुन् । अर्का उम्मेदवार धामी कञ्चनपुर १ का प्रतिनिधि सभा सदस्य हुन् ।

,orning glory badhai
dirghayi clinic

अध्यक्ष विष्ट र धामी सहित कैलाली २ का साँसद केपी खनाल र सञ्चार उद्यमी जनकराज पन्त आकाँक्षी थिए । सहमतिका लागि खनाल र पन्त दुबैले आकाँक्षा छाडेपछि विष्ट र धामीबीच निर्वाचन हुन लागेको हो ।

रास्वपा सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन धनगढीमा सुरु भएको छ । रास्वपाका महामन्त्री भूपदेव शाहले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशनले सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र बाँकी सदस्य गरी ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उद्घाटन समारोहमा सांसद डा. आनन्दबहादुर चन्द, केपी खनाल, जगतप्रसाद जोशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

रास्वपा नेताहरूका अनुसार प्रदेश सभापतिका लागि हालका सभापति प्रकाश विष्ट, कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद जनक धामीलगायत आकांक्षी छन् ।

Himal dental
सम्बन्धित
Loading...