

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ नम्बर वडाले कमजोर आर्थिक अवस्थाका दलित समुदाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएको छ ।

वडा कार्यालयले चालू आर्थिक वर्षको विद्यार्थी छात्रवृत्ति कार्यक्रम” अन्तर्गत उच्च शिक्षासम्म अध्ययनरत ३२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

वडा अध्यक्ष प्रकाश थापाले आर्थिक अभावका कारण कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस भनेर विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति रकम प्रदान गरिएको बताए ।

