ghar sansar

राम जानकी टोललाई टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ ले आयोजना गरेको टोल स्तरीय टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि राम जानकी टोलले हात पारेको छ । आइतबार फाइनलमा खेलमा राधाकृष्ण टोललाई हराउँदै उपाधि जितेको छ ।

राम जानकी टोलले १–२ गोलले राधाकृष्ण टोललाई हराएको छ । शुक्लाफाँटा पर्या पर्यटन प्रवद्र्धन, प्रतिभा पहिचान एबम् एबम् खेलकूद विकास भन्ने नारा सहित शुक्रबारदेखि प्रतियोगिता उद्घाटन भएको थियो ।

,orning glory badhai

dirghayi clinic

उपाधि विजेता राम जानकी टोलले मेडल सहित नगद २० हजार र उप विजेता राधाकृष्णले मेडल र नगद १० हजार पुरस्कार पाएको छ ।

ओलम्पियन डम्बरदत्त भट्टको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरियो । कार्यक्रममा भीनपा १६ का केशव सिह विष्ट विशिष्ठ अतिथि थिए । भीनपा १५ का वडा अध्यक्ष भुवन भट्टले कार्यक्रमको अध्यक्षता गरे । 

राष्ट्रिय प्रकृति संरक्षण कोष सह आयोजक रहेको प्रतियोगितामा भीनपा १५ का सात ओटै टोलले भाग लिएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...