ghar sansar

भृकुटीमा इलेक्ट्रिक इन्जिनियरिङ्ग पढेका १२ विद्यार्थी एकै पटक लोक सेवा पास

little buddha academy
khasi

महेन्द्रनगर । भीदत्त नगरपालिका ४ स्थित भृकुटी माध्यमिक विद्यालयमा अध्ययन गरेका १२ जना विद्यार्थीले लोक सेवा पास गरी सरकारी जागिरे भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि २०८१÷०८२ मा खोलेको विज्ञापनमा विद्यालयमा ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग अध्ययन गरेका १२ जना पाँचौ तह परीक्षा उत्तीर्ण गरेका छन् ।

,orning glory badhai

उनीहरुले लोकसेवाद्धारा लिईएको परिक्षाको अन्तिम चरण अन्तरवार्ता पास गरी पोष्टिङको तयारीमा रहेको विद्यालयका ईन्जिनियरिङ्ग संकायका संयोजक चक्र बहादुर महराले बताए ।

‘यसै विद्यालयबाट तिन बर्षे डिप्लोमा तहको ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पढेका १२ जना विद्यार्थीले यस बर्ष नेपाल विद्युत प्राधिकरणमा नाम निकाल्न सफल भएकाछन्,’ उनले भने ‘अभिल्लो बर्षपनि १३ जनाले नाम निकालेर विद्युत प्राधिकरणको विभिन्न वितरण केन्द्रहरुमा कार्यरत रहेकाछन् यो विद्यालयको लागि निकै नै ठूलो सफलता हो ।’

dirghayi clinic

उनका अनुसार सुरेन्द्र जोशी, सागर भट्ट, मदन टुकुरिया, दिनेश चन्द्र ओझा, निशा ओझा, समिर दास, प्रदिप कुँवर, राजेश चौधरी, पारस जोशी, हरिश धामी, कपिल जोशी र दिपेश अवस्थीले २०८१÷०८२ विज्ञापन अन्तरगत नेपाल विद्युत प्राधिकरण पाँचौ तहमा नाम निकालेका हुन् ।

त्यसैगरी भृकुटीमाविबाटै तिन बर्षे ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पास गरेका विशेष शाह, सन्तोश खडायत, दिपक चौधरी, महेश अवस्थी, रोहित बोहरा, मदन टुकुरिया, हरिश महरा, हरीश धामी, लोकराज जोशी, ओम प्रकाश जोशी, रविन्स भट्ट नेपाल विद्युत प्राधिकरणका विभिन्न पदमा कार्यरत रहेका छन् ।

भृकुटी माध्यमिक विद्यालयबाट ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पढेका विद्याथीहरु सरकारी तथा निजी कम्पनीमा जागिर गरीरहेको विद्यालयका संयोजक महराले बताए ।

उनका अनुसार २५ जना सरकारी सेवामा प्रवेश गरेका छन भने विभिन्न जलविद्युत आयोजनाहरु चमेलिया, बुढीगंगा, दार्चुलाको नयाँ हाईड्रोपावर, पूर्व मध्य भोटेकोशी हाईड्रोपावर कम्पनीमा कार्यरत छन् ।

भृकुटीमा तिनबर्षे, २ बर्षे ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग सहित कक्षा नर्सरी देखि कक्षा १२ सम्मको पढाई भईरहेको छ । भृकुटीमा २०७५ सालदेखि ईलेक्ट्रोनिक ईन्जिनियरिङ्गको पढाई हुदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...