
पत्रकार भण्डारीलाई कानुनी सहायता सहितका विषयमा छलफल गर्न शुक्रबार कञ्चनपुर पत्रकार महासंघको बैठक बस्दै


महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरले पत्रकार खेम भण्डारी कारागार चलान भएपछि शुक्रबार छलफल राखेको छ । प्रहरीले बिहीबा बिहान पक्राउ गरेका पत्रकार साँझ कारागार चलान भएका गरिएका छन् ।
प्रहरीले पक्राउ गरी अदालत पेश गरेपछि भण्डारीले भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम रकम बुझाई कैद मिलान गरि पाऊँ भन्दै आफ्ना कानुन व्यवसायी मार्फत कञ्चनपुर जिल्ला अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले उक्त माग अस्वीकार गरेपछि उनलाई कारागार चलाइएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिएका छन् ।
भण्डारी कारागार चलान भएपछि पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारीले अनौपचारिक छलफल यसबारे आधिकारिक धारणा बनाउन शुक्रबार बैठक राखिएको पदाधिकारीले बताए ।
पत्रकार भण्डारी जेल चलानलाई दुःखद भन्दै थप कानुनी लडाईका लागि शुक्रबार बैठक बसेर निर्णय लिइने बताइएको छ ।
पत्रकार महासंघ केन्द्रीय समितिलाई कानुनी समितिलाई औपचारिक रुपमा बैठकबाट निर्णय गर्ने बताइएको छ ।
पत्रकार भण्डारीलाई बिहीबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेको थियो । पुरानो गाली बेइज्जती मुद्दामा अदालतको फैसला कार्यान्वयन लागि पत्रकार भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
भण्डारीलाई पक्राउ गरी अदालत पेश गरेपछि महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष चित्राङ्ग थापा, प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिह, प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष मदन गिरी लगायत विभिन्न सञ्चार माध्यम आवद्ध पत्रकार अदालत पुगेका थिए ।

अदालतमा पत्रकार भण्डारीले निर्मला पन्तको न्यायका लागि आफूले लडाई नछाड्ने बताए ।
जिल्ला अदालत कञ्चनपुरले गाली बेइज्जती मुद्दामा भण्डारीलाई २०८२÷०२÷०१ गते १ महिना कैद सजाए र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।
उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले २०८२÷१२÷२२ गते जिल्ला अदालतको फैसला केही उल्टी गर्दै थप ७ दिन कैद र २ हजार १०० जरिवाना थप गरिदिएको थियो। जसअनुसार पत्रकार भण्डारीले कुल १ महिना ७ दिन कैद सजाय र १२ हजार १०० जरिवाना तिर्नुपर्ने छ ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार पक्राउपछि पत्रकार भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरमा पेस गरिएको थियो ।
अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि अदालतले पत्रकार भण्डारीलाई बिहीबार बेलुकी जिल्ला कारागारमा चलान गर्न आदेश दिए अनुसार कारागारमा पठाइएको एसपी गिरीले बताए ।
पछिल्लो पटक निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित विषयमा प्रकाशित समाचारलाई लिएर दायर भएको गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गरेको
थियो ।
जिल्ला अदालतले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।
किरण विष्टले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा आफूलाई जोडेर भ्रामक समाचार लेखेको भन्दै पत्रकार भण्डारी विरूद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
किरण कञ्चनपुरका तत्कालीन एसपी तथा एसएसपीबाट रिटायर्ड दिल्लीराज विष्टका छोरा हुन्।
