

महेन्द्रनगर । राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ ।

केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका विश्वकर्माको ७२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ । विश्वकर्मा लामो समयदेखि राजनीति र दलित समु्दायका अधिकारका लागि सक्रिय व्यक्तित्व हुन् ।

कैलालीको धनगढीका विश्वकर्माको निधनपछि पार्थिव शरिर घर ल्याईएको छ । विश्वकर्माको बुधबार विहान गोदावरीमा अन्त्येष्टि गरिने छोरा हिमेश बिकेले जानकारी दिए ।
विश्वकर्माले राजनीति, समाजसेवासंगै दलित समुदायका शिप कला सम्बन्धि शिल्पी समुदायका कला पुस्तक लेखन गरेका छन् ।

