
खेरौ हिरोइन समात्न घर खानतलासी गरेको प्रहरी टोलीले भरुवा बन्दुक समेत भेटाएपछि कृष्णपुर पिपरियाका राना दम्पत्ति पक्राउ


महेन्द्रनगर । कृष्णपुर नगरपालिका ९ पिपरियाबाट भरुवा बन्दुक र लागु औषध सहित श्रीमान श्रीमति पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्युरो धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय रैकवारको प्रहरी टोलीले बुधबार रानाको पिपरियास्थित घरमा खानतलासी गरेको थियो ।


प्रहरीले घर खान तलासी गर्दा बन्दुक र लाग् औषध भेटिएपछि राना र उनकी श्रीमति जानकी रानालाई पक्राउ गरिएको हो । पक्राउपछि दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी टेक बहादुर रावतले रानाको घरमा लागु औषध कारोबार भइ रहेको गोप्य सूचनाका आधारमा घरभित्र खानलासी गर्ने क्रममा कोठामा लुकाएर राखिएको अवस्थामा बन्दुक र लागु औषध भेटिएको जानकारी दिए ।
डिएसपी रावतका अनुसार रानाको घरबाट ७८ मिलिग्राम खैरो हिरोइन र ८० ग्राम बरामद गरिएको छ । प्रहरीले घरबाट विभिन्न कम्पनीका १० थान मोबाइल सेट समेत बरामद गरेको छ ।
