

महेन्द्रनगर । कञ्चनपुर ३ मा नेपाली काग्रेसका क्रियाशिल सदस्यता अद्यावधिक गरिएका सदस्यले आफूहरूलाई थाह नभएको गुनासो गरेका छन् । काँगे्रसले गत महिना कञ्चनपुर ३ क्षेत्रीय समितिका पदेन उप सभापतिलाई पदम राज अवस्थीलाई क्रियाशिल व्यवस्थापन तथा अद्यावधिक कार्यक्रम संयोजक जिम्मेवारी दिएको थियो ।
अवस्थीले जिम्मेवारी पाएपछि कञ्चनपुर ३ का ३० ओटै वडामा सदस्यता अद्यावधिक गर्न थालेका हुन् । सदस्यता अद्यावधिकलाई तत्कालीन सभापति शेर बहादुर देउवा समूहले बहिस्कार गरेको छ । दे्उवा समूह अद्यावधिकमा असन्तुष्ट छ ।

क्रियाशिल व्यवस्थापन तथा अद्यावधिक कार्यक्रम संयोजक अवस्थीले सामाजिक सञ्जालबाट सदस्यता अद्यावधिक गरिएका सदस्यबाट गुनासो आएको भन्दै स्पष्ट पारेका छन् ।
अवस्थीले अद्यावधिक सदस्यबाट आफूलाई थाहा नभई वा एआईबाट सदस्यता अद्यावधिक गरिएका गुनासो आएको सामाजिक संजालमा उल्लेख गरेका छन् । उनले पार्टी विधान र लोकतान्त्रिक पद्धति अनुसार सदस्यको इच्छा र सहमतिका आधारमा सदस्यता अद्यावधिक हुनु पर्नेमा जोड दिएका छन् ।
‘यस क्षेत्रका विभिन्न साथीहरूबाट “आफूलाई थाहा नभई वा झुक्किएर एआई माध्यमबाट सदस्यता अध्यावधिक हुन पुगेको“ भन्ने गुनासो र कुराहरू आएका छन् । पार्टीको विधान र लोकतान्त्रिक पद्धति अनुसार प्रत्येक सदस्यको व्यक्तिगत इच्छा र पूर्ण सहमति नै सर्वोपरि हुनु पर्दछ अवस्थीले भनेका छन् ।
अवस्थीले इच्छा विपरित सदस्या अद्यावधिक भएका सदस्यलाई सदस्यता निष्क्रिय पार्न सुझाव दिएका छ्न । उनले सामाजिक संजालबाट सुझाव दिएका छन् ।
अद्यावधिक संयोजक तथा वडा सभापतिलाई सदस्यता निष्क्रिय पार्न अनुरोध गर्न अवस्थीले पहिलो सुझाव दिएक छन् ।
इच्छा बिपरित वा एआईबाट भएको सदस्यता नविकरण विवरण सम्बन्धित वडा नेतृत्वलाई जानकारी गराई अभिलेखबाट हटाउन सकिने अवस्थीले स्पष्ट पारेका छन् ।
कञ्चनपुर ३ काङ्ग्रेस निवर्तमान केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र हो । लेखक फागुन २१ को निर्वाचन अघि यस क्षेत्रबाट चार पटक चुनाव लडेका छन् ।
काङ्ग्रेस बिशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भए पछि लेखकलाई फागुन २१ को चुनाव लड्न रोकिएको थियो ।
बिशेष महाधिवेशनमा सहभागी काङ्ग्रेस कञ्चनपुरका पूर्व सभापति हरि प्रसाद बोहरालाई टिकट दिएको थियो । बोहरा २०७९ सम्म लेखकका विश्वासिला थिए । तत्कालिन काँग्रेस संस्थापक समू्हभित्रै कञ्चनपुरमा लेखक र पूर्व मन्त्री एनपी साउँदका आ आफ्नै समूह थिए ।

लेखक बोहरा जिताउन चुनावी प्रचारमा सक्रिय रुपमा लागेका थिए । आमाको निधनपछि किरिया बसेर गृह नगर फर्किएका उनी सबै वडामा पुगेका थिए । बोहरा निर्वाचित हुन सकेन । अद्यावधिक संयोजक अवस्थी पनि लेखकका बिश्वास पात्र हुन् । फागुन २१ को चुनावपछि अवस्थी लेखकको साथ छाड्दै अद्यावधिक संयोजक भएका हुन् ।
काङ्ग्रेस ३ का क्षेत्रीय सभापति केशव चन्दले अद्यावधिक जिम्मेवारी अस्वीकार गरेपछि प्रदेश समिति सभापति अवस्थी अद्यावधिक संयोजक भएका हुन् । काँग्रेसले जिल्लाभर जिम्मेवारी अस्वीकार गर्ने नेताको सट्टा अर्को नेतालाई दिएको थियो ।
उनी काङ्ग्रेस कंचनपुर ३ प्रदेश क को सभापति हुन । २०७९ को निर्वाचनमा उनी भीमदत्त नगरपालिका ५ वडा अध्यक्ष निर्वाचित भएका थिए ।
अवस्थी भीमदत्त नगरपालिकाको प्रवक्ता छन् । भीमदत्तमा लेखक समूहका काङ्ग्रेस कञ्चनपुर सभापाति पदम बोगटी मेयर छन् । काँग्रेस ३ का क्षेत्रीय सभापति चन्द लेखक समूहका हुन् । काङ्ग्रेस विधान विपरित चन्दको जिम्मेवारी खोसेर अवस्थीलाई अद्यावधिक जिम्मेवारी दिएको भन्दै २० वडाले अद्यावधिक नगर्ने घोषणा गरेका थिए ।
आदरणीय पार्टीका नेता, कार्यकर्ता एबम् क्रियाशील सदस्य साथीहरू,
जय नेपाल
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्य भइरहेको सन्दर्भमा कंचनपुर क्षेत्र नम्बर ३ अन्तर्गत केही महत्वपूर्ण र संवेदनशील विषयहरू हाम्रो ध्यानाकर्षणमा आएका छन् ।
यस क्षेत्रका विभिन्न साथीहरूबाट “आफूलाई थाहा नभई वा झुक्किएर एआई (ब्क्ष्) माध्यमबाट सदस्यता अद्यावधिक हुन पुगेको“ भन्ने गुनासो र कुराहरू आएका छन्। पार्टीको विधान र लोकतान्त्रिक पद्धति अनुसार प्रत्येक सदस्यको व्यक्तिगत इच्छा र पूर्ण सहमति नै सर्वोपरि हुनु पर्दछ ।
तसर्थ, यस प्रक्रियामा अन्जानवश वा आफ्नो इच्छाविपरित एआईबाट सदस्यता अध्यावधिक हुन पुगेका सम्पूर्ण साथीहरूलाई आजै निम्न लिखित कदम चाल्न हुन हार्दिक अनुरोध गर्द छौँः
आफ्नो सम्बन्धित वडाका वडा सभापतिज्यूलाई तत्काल (आजै) सम्पर्क गर्नु होला । र वार्ड सभापति तथा अद्यावधि संयोजकज्यूलाई निष्क्रिय गरिदिन का लागि आनुरोध गर्दछु ।
तपाईंको इच्छाविपरित भएको विवरणबारे वडा नेतृत्वलाई स्पष्ट जानकारी गराई अभिलेख सच्याउनका लागि आवश्यक समन्वय गर्न होला ।
पार्टीको आन्तरिक प्रणालीलाई पारदर्शी, व्यवस्थित र त्रुटिरहित बनाउन यहाँहरू सबैको आजैको सक्रिय सजगता र सहयोगको अपेक्षा गर्दछौँ ।
जय नेपाल !
पदमराज अवस्थी
क्रियाशिल व्यवस्थापन तथा अद्यावधिक कार्यक्रम संयोजक कञ्चनपुर क्षेत्र न.०३

