ghar sansar

दुई वर्षसम्म सचिव पठाउन नसकिएको भन्दै भीमदत्तले माग्यो ९ नम्बर वडासित माफी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ९ नम्बर वडा कार्यालयसित माफी मागेको छ । दुई वर्षसम्म सचिव पठाउन नसकेर वडा समितिलाई कामकाज गर्न परेको अप्ठेरोप्रति दुःख व्यक्त गर्दै भीमदत्त नगरपालिकाका प्रशासकीय  अधिकृत हरि सिह धामीले बिहीबार सार्वजनिक कार्यक्रममा माफी मागेका छन् ।

भीमदत्त ९ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रशासकीय अधिकृत धामी प्रमुख अतिथि थिए । वडा अध्यक्ष गगन सिह कार्कीले अध्यक्षता गरेको कार्यक्रममा उनले आफ्नो मन्तव्यका क्रममा वडा कार्यालयसित माफी मागेका हुन् ।

,orning glory badhai
dirghayi clinic

‘त्यसमा भीमदत्त चुकेको छ, हामीबाट गल्ती कमजोरी भएको छ, क्षमाप्रार्थी छौ, यो क्षमा मागेर क्षम्य हुने विषय त होइन, तथापि यो कमजोरी हामीबाट भएको छ,’ कार्यक्रममा उनले भने, ‘बल्लतल्ल अहिले नेपाल सरकारको एक जना कर्मचारी, वहाँ पनि काजमा आउनु भएको छ, कतिखेर नेपाल सरकारले टपक्क टिपेर लैजाने हो, थाह छैन, तर जतिञ्जेल तपाई बस्नु हुन्छ, वडालाई राम्रो गरी हेरि दिनु होस, व्यवस्थित गरि दिनु होस, साह्रै खटकेर पठाएको हो ।’

कार्यक्रममा प्रशासकीय अधिकृत धामीले वडा सचिव नभएर वडाका कामकाज गर्न समस्या परेको उल्लेख गर्दै उनले त्यसको हिस्सेदार नगरपालिका कार्यालय भएको बताए ।

कार्यक्रममा उनले वडा अध्यक्ष कार्कीले नगरपालिका कार्यालयमा पटक पटक सचिव माग गरेको उल्लेख गरे । सचिव माग्ने क्रममा एक पटक वडा अध्यक्ष कार्की प्रमुख प्रशासकीय अधिकृतसित कामकाज गर्न नसकिने भन्दै चिच्याउन पुगेको धामीले बताए ।

वडा अध्यक्ष कार्कीले माग गरे पनि सचिवका लागि लड्न सक्ने कुरा नभएको धामीले बताए । केही वडाले नगरपालिकासित लडाई गरेर पनि आफ्नो माग पूरा गर्ने गरेको उल्लेख गर्दै उनले वडा अध्यक्ष कार्कीको स्वभाव लडु्ने नभएको बताए ।

Himal dental
सम्बन्धित
Loading...