

महेन्द्रनगर । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको महाकाली सह संयोजकमा रामेश्वरी देबी रावललाई जिम्मेवारी दिइएको छ ।
महाअभियानको महाकाली अञ्चल संयोजक चक्रदेब जोशी छन् । जोशीले भीमदत्त नगरपालिका ४ की रावललाई सह संयोजक जिम्मा दिएका छन् ।


महाअभियान महाकाली अञ्चल सचिवको जिम्मेवारी कमला कुमारी भट्टले पाएकी छन् । अञ्चल समिति सदस्यमा शारदा थापा चयन गरिएकी छन् ।
महाकाली अञ्चल संयोजक जोशीले महाअभियानले दुर्गा प्रसाईको संयोजकत्वमा सञ्चालन गरिएको महाअभियान र पूर्व साँसद डाक्टर धवल शम्शेर राणाको नेतृत्वमा गठन हुने राष्ट्रवादी पार्टी निर्माण अभियानमा प्रवेश गर्नेको संख्या बढेको बताए ।
महाअभियानले पीडितको उद्धार, राजा सहितको हिन्दू अधिराज्य स्थापना र भ्रष्टाचार मुक्त अखण्ड हिन्दू अधिराज्य स्थापना गर्ने संकल्प लिएर अभियान सञ्चालन गर्दै आएको छ ।


