ghar sansar

सरकारका कारण गणेश नेपालीले आत्मदाह गरे – महाअभियान महाकाली संयोजक जोशी

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका महाकाली संयोजक चक्रराज जोशीले सरकारका कारण गणेश नेपाली आत्मदाह गर्ने अवस्थामा पुगेको बताएका छन् ।

उनले भविष्यमा यस्ता घट्ना दोहोरिन नदिन सरकारले अबिलम्ब कदम चाल्नु पर्ने आवश्यकता भएको उल्लेख गरे ।

,orning glory badhai
dirghayi clinic

आत्मदाहपछि मृत्यु भएका नेपालीका परिवारलाई जीवनको व्यवस्था सरकारले गर्न पर्ने जोशीले बताए ।

‘यो एकदम नराम्रो घटना हो विगत कै सरकारले गरे जस्तो छ र वर्तमान सरकारले जुन प्रकारको निरंकुशता लाद्ने र आम नागरिकलाई आत्महत्या गर्ने अवस्था मा जुन पुर्याएको छ विदेशीको इसारामा देशलाई मुठभेड तिर धकेल्दै त्यो राष्ट्र राष्ट्रियता र जनताको भावना विपरित हो अब उपरान्त यस्ता घटना नदोहरिन दिन सरकार ले अबिलम्ब कदम चालोस मृतक परिवारलाई जीवन यापन को पुरा ब्यवस्था गरोस’ उनले भने ।

नेपालीको आत्मदाहपछि नागरिक बचाउ महाअभियान काठमाडौंमा आन्दोलनमा होमिएको छ । महाकाली संयोजक काठमाडांंैमा आन्दोलनमा सहभागी छन् । माइती घर मण्डलाको आन्दोलन नेतृत्व जोशीले गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...