ghar sansar

भीमदत्तको सुकासालमा सडक मर्मतका लागि स्थानीयको अनौठो आन्दोलन, सुकासाल शुक्लाफाँटा निकुञ्ज जोड्ने सडकमै रोपाई

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ मा सडक मर्मतका लागि स्थानीयले अनौठो आन्दोलन गरेका छन् । सुकासाल चौराह हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय जोड्ने सडकमा खाल्डाखुल्डी परेपछि स्थानीय मर्मतको माग गर्दै आएका थिए ।

भमिदत्त नगरपालिका कार्यालय र वडा नं. ५ ले सडक मर्मतको माग वेवास्ता गरेपछि उनीहरुले शनिबारमा सडकमा अनौठो आन्दोलन गरेका हुन् ।

,orning glory badhai

सडकमा आएका वासिन्दाले सडक अवरुद्ध गरी पानी जमेका खाल्डाखुल्डीमा धान रोपाई गरेका छन् ।

dirghayi clinic

धान रोपाईमा आन्दोलित सबै वासिन्दा सहभागी भएका छन् । उनीहरुले वडा र नगरपालिका दुबैसित आक्रोश समेत पोखे ।

वडा कार्यालय, भीमदत्त नगरपालिका, प्रदेश र संघ सरकारको ध्यान आकर्षणका लागि स्थानीयले सडकमा धान रोपाई गरेको बताए ।

धेरै वर्ष अघि कालोपत्रे गरिएको सडक भत्किएपछि खाल्डाखुल्डी परेका छन् । बर्खा याममा ती खाल्डाखुल्डीमा पानी जमेर आवागमन गर्न नसकिने भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

 

Himal dental
सम्बन्धित
Loading...