
आफ्नै पार्टीका मन्त्री बर्खास्त भएपछि मुख्यमन्त्रीलाई स्याबासी दिँदै कञ्चनपुर एमाले उप सचिव चन्दले भने – आफ्नै हैसियत नबुझेपछि यस्तै भोग्नु अनिवार्य थियो


महेन्द्रनगर । एमाले कञ्चनपुरका उप सचिव अशोक चन्दले सुदूरपश्चिम सरकारक एमाले मन्त्री बर्खास्ती स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।
मुख्यमन्त्री कमल बहादुर शाहले मंगलबार एमाले मन्त्री बर्खास्त गरेका हुन । आगामी आर्थिक बर्षको बजेट पारित गर्न सहयोग नगेर बर्खास्त गर्ने चेतावनी मुख्यमन्त्री शाहले केही दिन अघि नै दिएका थिए ।

एमाले कंचनपुर उप सचिव चन्दले मन्त्री बर्खास्तपछि सामाजिक संजालमा बर्खास्तीको कार्वाही भोग्न अनिवार्य भएको प्रतिक्रिया दिएका छ्न ।
‘ स्याबास मुख्यमन्त्रीज्यू, क्या बात ! मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त गरेका छन् । लाज घिन र आफ्नो हैसियत नबुझे पछि यस्तै भोग्नु अनिवार्य थियो । त्यो दिनको किन प्रतीक्षा गरेका होलान ? पद प्रति कति मोह ? उप सचिव चन्दले भनेका छन् ।

सुदूरपश्चिम सरकारमा एमालेका सुरेन्द्र पाल भौतिक पूर्वाधार बिकास, हिरा सिंह सार्की आन्तरिक मामिला तथा कानुन, बिर बहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी र निर्मला साउद भौतिक पूर्वाधार बिकास मन्त्री थिए ।
सुदूरपश्चिम प्रदेश सभामा आगामी बर्षक्क बजेट पेश गर्न अघि सत्ता साझेदार दुई दल बिच बिबाद बढेको थियो ।
बजेट पेश गर्न दिन भरि सहमति हुन नसकेपछि मध्य रात प्रस्तुत गरिएको थियो ।
आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले प्रदेश सभामा बजेट पेश गरेपछि एमाले साङ्सद्ले बहिस्कार गरेका थिए ।
एमालेले बजेट पुनः लेखनका लागि समिति बनाएको थियो । त्यसपछि मुख्यमन्त्री शाहले बजेट पारित हुन असहयोग गरे बर्खास्त गर्ने चेतावनी दिएका थिए ।
