

महेन्द्रनगर । बोरामा माटो हालेर केही दिन भत्किएको कुतियाकवर बस्ती नजिकको पक्की तटबन्धमा जनश्रमदानबाट खाल्डो भरान सुरु गरिएको छ ।
केही दिन अघि आएको वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती नजिक रहेको महाकाली नदीमा निमार्ण गरिएको पक्की तटबन्ध भत्काएपछि दोधारा चाँदनी नगरपालिकाको पहलमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको हो ।


झण्डै ५० मिटर पक्की तटबन्धलाई आकाशे पानीले क्षती बनाएपछि दोधारा चाँदनी नगरपालिकाको पहलमा बोरामा माटो हालेर अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताए ।
निमार्ण कम्पनीले बस्तीबाट वर्षाको पानी निकासा हुने ब्यवस्था नगरेको कारण तटबन्ध भत्कीएको नगर प्रमुख लिम्बुले बताए । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको कुतियाकवर बस्तीमा बाढीको उच्च जोखिममा रहेको बस्ती भएको उनले बताए ।


नगरपालिकाले गरेको आह्वानमा सबैले जनश्रमदानमा सहयोग गरेको नगर प्रमुख लिम्बुको भनाई छ ।
उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले बस्तीमा बाढीको त्रास छाएको अवस्थामा कुतियाकवर बस्तीमा बाढी आएको बेला मानविय र धनमालको क्षतीलाई रोक्न दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र उत्थाशिल युवा सञ्जाल, नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सामुदायिक विपद् व्यवस्थापन समिति, नेपाल प्रहरी पुर्व प्रहरी संगठन लगाएत बिभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताको सहयोग र सहकार्यमा जनश्रमदानबाट अस्थायी तटबन्ध निमार्ण कार्य सुर गरिएको बताइन् ।

बाढी आएको बेला बस्तीमा मानविय र धनमालको क्षतीलाई जोगाउन अस्थायी तटबन्ध निमार्ण गर्न नगर स्तरिय बृहत जनश्रमदान सुरु गरिएको संयोजक दुर्गा बडुवालले बताइन् ।


