ghar sansar

च्याउ खोज्न शुक्लाफाँटा निकुञ्ज गएर सम्पर्क बिहीन १७ जना भेटिए

khasi

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेला सम्पर्क विहीन भएका १७ जना सम्पर्कमा आएका छन् ।

बेल्डाँडी गाउँपालिका–३ र भीमदत्त नगरपालिका १९ बागफाँटाका १७ जना सोमबार सम्पर्कमा आएका छन् ।

,orning glory badhai

आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरू सम्पर्कमा आएको बताए ।

उनका अनुसार तीनै जनाले बिहानतिर घरमा फोन गरि आफूहरू सकुशल जंगलभित्र रूखमा बसिरहेको बताएका छन्। प्रहरीका अनुसार उनीहरूले फोन गरेर रूखमा बसिरहेको बताउँदै लिन आउन समेत आग्रह गरेका छन् ।

भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाहरू भने अझै सम्पर्कविहीन नै रहेको रावतले बताए । प्रमुख जिल्ला अधिकारी मदन कोइराला सुरक्षाकर्मीको टोली सहित खोजीका लागि निकुञ्ज पुगेका थिए ।

स्थानीयका अनुसार निकुञ्जभित्र प्रवेश गरेका उनीहरु बाटो बिराएपछि हात्तीका छाप पछ्याउँदै जाँदा जंगलभित्र फसेका थिए ।

कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महता पनि प्रमुख जिल्ला अधिकारीसंगै निकुञ्ज पुगेका थिए ।

Himal dental
सम्बन्धित
Loading...