

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमीकी निशा चौधरी १०औँ दक्षिण एशियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । बङ्गलादेशमा भएको प्रतियोगितामा क्याडेट –४२ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै चौधरीले स्वर्ण पदक जितेकी हुन् ।
विद्यालयले चौधरीलाई बधाई दिएको छ । विद्यालयको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा विद्यालयले उनको जितले गौरबान्तित बनाएको उल्लेख गरे ।



हाम्रो विद्यालयकी प्रतिभाशाली छात्रा निशा चौधरी ले बङ्गलादेशमा सम्पन्न १०औँ दक्षिण एशियाली कराते च्याम्पियनसिप अन्तर्गत क्याडेट –४२ केजी तौल समूह मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं ।
तिम्रो अथक मेहनत, अनुशासन र समर्पणले विद्यालय, परिवार तथा सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम अझ उच्च बनाउँदै जान सफल होऊ भन्ने कामना गर्दछौं’ विद्यालयले भनेको छ ।

