ghar sansar

दोधारा चादनीमा राजिनामा दिएका लेखा अधिकृतको विदाई, भीमदत्तका उपाध्यय जाँदै

khasi

महेन्द्रनगर । दोधारा चादनी नगरपालिका लेखा अधिकृत यज्ञ राज लेखकको विदाई गरेको छ । मेयर किशोर लिम्बू सहित उपस्थितिमा औपचारिक बिदाई कार्यक्रम गरिएको छ ।

असार १५ गते राजिनामा दिएका लेखकको केही दिन पछि कार्यपालिका बैठकले स्वीकृत गरेको थियो । लेखक २०८६ देखि लेखा अधिकृत थिए ।
लेखकको राजिनामा पछि भीमदत्त नगरपालिका लेखा अधिकृत गोबिन्द उपाध्यय नया लेखा अधिकृत बन्ने भएका छ्न ।
सुदूरपश्चिम प्रदेश सरकारले उपाध्ययलाई सरुवा गरि सकेको छ ।
उपाध्यय दोधारा चादनीका हुन । उनी २०७५ देखि भीमदत्तमा कार्यरय थिए ।
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले उपाध्यतको दोधारा चादनी सरुवा भएको बताए ।
भीमदत्त ५ का लेखक २०४७ मा मुखिया पदबाट सरकारी सेवा प्रवेश गरेका हुन । २०५३ मा लेखापाल भएका उनी २०६९ मा बढुवा भएर लेखा अधिकृत भएका हुन् ।

लेखा अधिकृत भएपछि उनी दशरथ चन्द नगरपालिका पदस्थापन भएका थिए । दशरथ चन्दबाट उनी दोधारा चाँदनी आएका थिए ।

dirghayi clinic

लेखा अधिकृत लेखकले जागिर लामो समय भइ सकेकाले राजिनामा दिएर बाहिरिएको बताए ।

‘जागिर खाको धेरै भो, हुन त अझै अवधि त बाँकी नै छ, व्यक्तिगत कारणले राजिनामा दिएर आए’ उनले भने ।

जागिर सेवा अवधि अघि नै लेखक जागिर छाडेर अवकाश लिएका छन् ।

दोधारा चादनीमा कार्यरत हुदा आफूले जन प्रतिनिधि र कर्मचारी सबै बाट आवश्यक सहयोग पाएको बताए ।

Himal dental
सम्बन्धित
Loading...